विकास निर्माणमा तिव्रता, ठूलो स्याफ्रुमा पनि सडक पुग्यो

13240655_1167050543325843_1916388878878144555_n

कालिकास्थान, रसुवा । उत्तरी रसुवाको स्याफ्रु गाविस ३ ठूलोस्याफ्रुमा भर्खरै निर्माण भएको कृषि सडकको उद्घाटन गरिएको छ । जेठ ६ गते कृषि सडकको उद्घाटन सांसद् द्वय जनार्दन ढकाल र छोवाङतेन्जिन तामाङले एकैसाथ रिवन काटेर गर्नुभयो । सडक उद्घाटन कार्यक्रममा ठूलो स्याफ्रुमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, स्थानीय अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख अवदेश विष्ट, वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाँईलगायत रसुवाका प्रमुख सरकारी कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयबासीको उल्लेख्य सहभागिता थियो ।

13239081_1167058389991725_5595071766848118736_n
२२ वर्षदेखि ठूलोस्याफ्रुमा सडक यातायात सुचारु गर्न चाहना लामो समयपछि पुरा भएपछि स्थानीयबासी ज्यादै खुसी भएका छन् । ठूलो स्याफ्रु एक पर्यटकीय स्थल पनि भएकाले स्थानीयस्तरमा विकास निर्माणका कार्यलाई तिव्रता दिने योजनाका साथ ठूलो स्याफ्रुमा सडक पु¥याइएको रसुवाका सासंद् जनार्दन ढकालले बताउनुभयो ।

जिल्ला बिकास समिती रसुवा, संसद बिकास कोष रसुवा र स्थानियको प्रयासमा करिव १ करोडको लगानीमा ९।६ किलोमिटर कृषि सडक निमार्ण सम्पन्न भएको हो । सडक निमार्ण गर्दा ब्यक्तिगत र संस्थागत रुपमा आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई स्थानीयले खुसी हुादै प्रंशसा पत्रसहित खादा ओढाई सम्मान गरेका थिए । सांसद् जनार्दन ढकालले जिल्लालाई सडक यातायातको सुविधायुक्त बनाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले हामीले प्रयास गरेर धेरै ठाउँमा सडक निर्माण, मर्मत, स्तोरउन्नतीको काम भइरहेको छ । सडक यातायात अन्य विकाससँग पनि जोडिएकाले यसलाई तिव्रता दिइने योजना छ ।

Comments

comments