सार्वजनिक यातायात सुधार गर्न पाँच बुँदे सहमति

student

रसुवा, विद्यार्थी संगठन र यातायात व्यवसायीबीच सार्वजनिक यातायात सुधार  व्यवस्थापनका सम्बन्धमा शुक्रबार जिल्ला प्रशासन कार्यालय रसुवामा प्रशासन, विद्यार्थी र यातायात व्यवसायीबीच पाँच बुँदे सहमति भएको छ ।student

सहमतिमा कानुन विपरीत चलेका पुराना सवारीलाई तत्काल हटाउने; विद्यार्थी, अपाङ्ग भएका व्यक्ति र जेष्ठ नागरिकलाई दिने छुट सहुलियत पूर्ण कार्यान्वयन गर्ने विषय छ । यस्तै सहमतिमा सवारी साधनले प्रदान गर्ने अतिरिक्त सुविधालाई १५ दिनभित्र पुरा गराउने र यसलाई ट्राफिक प्रहरीसहित विद्यार्थी संगठनले अनुगमन गर्ने छ । सबै यातायात कम्पनी प्रालिलाई यथासिघ्र कम्पनीमा दर्ता प्रक्रियामा लैजाने सहमति भएको छ । टाइम कार्ड, अतिरिक्त सुविधा र भाडादरको पुनरावलोकनका लागि आगामी असार २८ गते जिल्ला प्रशासन कार्यालयमा पुनः बैठक गर्ने सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा र पत्रकारको रोहबरमा भएको सहमतिमा विद्यार्थी संगठनका तर्फबाट सुरेश अधिकारी, अर्जुन पौडेल, शालिग्राम अधिकारी, मेनडोल्मा तामाङ, सन्दीप पौडेल, दीपक पौडेल, सुशिल नगरकोटी र कमल तामाङले हस्ताक्षर गरेका छन् । यातायात व्यवसायीका तर्फबाट धनबहादुर श्रेष्ठ, हरिप्रसाद न्यौपाने, इश्वर श्रेष्ठ, योगेश अमात्य र दीपक श्रेष्ठले हस्ताक्षर गरेका छन् । यातायात क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले यस अघि जिल्ला प्रशासन कार्यालय रसुवामा माग पत्र बुझाएका थिए । विद्यार्थी स‌ंगठनहरुको अगुवाइमा भएको यस कार्यले समग्र सार्वजनिक यातायातमा सुधार हुने आधार बनेको नागरिक अगुवाहरुको बुझाइ रहेको छ ।

छलफलबाट पासाङल्हामु मार्गको रसुवा खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनका लागि व्यवसायी र विद्यार्थी संगठनबीच पाँच बुँदे सहमति भएको छ। यातायात व्यवस्थापनको क्षेत्रमा रहेका विविध समस्याको समाधानको लागि तत्काल प्रक्रिया अघि बढाउने सहमति भएको अनेरास्ववियूका केन्द्रीय सदस्य सुरेश अधिकारीले बताए।

सार्वजनिक यातायातका सवारी साधनमा नेपाल सरकारको प्रचलित नियम अनुसार विद्यार्थी, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई दिने छुट र सहुलियतलाई पूर्ण कार्यान्वयन गरिने छ। छुट सहुलियतका लागि सम्बन्धित व्यक्तिले छोटो दूरीमा कार्ड र लामो दूरीमा परिचयपत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्ने सहमति भएको उनले बताए। सार्वजनिक यातायातका साधनले अतिरिक्त सेवाको रूपमा सेवा लिँदै आएपनि सेवा दिने गरेका छैनन्। यसको समाधानको लागि १५ दिनको समय सीमा तोकिएको छ। व्यवसायीले १५ दिनभित्र यात्रुलाई सुविधा वापत पानी दिनुपर्ने, टिभी, पंखा, वाइफाई, एसी लगायतका सामग्रीको व्यवस्था गर्ने तथा बिग्रिएको भए मर्मत गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

student union

Comments

comments