विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्नाका कारण बारे सेमिनार

274236238_10225975704155137_7661879320330807725_n

रसुवा , कालिका गाउँपालिका -२ मा रहेकाे कालिका हिमालय उच्च माद्यमिक विद्यालयमा १ वर्षदेखि व्यवस्थापन समिति गठन हुन नसकेकाे विषयमा एमएड् इपिइएम चाैथाे सेमेष्टरका ११ जना विद्यार्थीहरूले कार्यपत्र सेमिनारमा प्रस्तुत गरे ।274236238_10225975704155137_7661879320330807725_n

प्रस्तुत कार्यपत्रमा स्थानीय सरकार सञ्चलन ऐन २०७४ काे दफा ११ काे उपदफा २ काे खण्ड ज काे उपखण्ड ७ ले  व्यवस्थापन समिति गठनकाे व्यवस्था गरेकाे अनुरूप ०७७ फागुन २० गतेदेखि व्यवस्थापन समिति गठन हुन नसक्दा  आर्थिक, भौतिक, प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा नकरात्मक प्रभाव परेको औल्याइएको छ ।

कार्यक्रममा सहभागीहरूले स्थानीय, तह वडा, राजनीतिक दल, अभिभावककाे समेत कमजाेरी रहेकाे विषयमा छलफल भयाे । दलहरूकाे खिचातानीले व्यवस्थापन समिति गठन हुन नसकेकाे कार्यपत्र उल्लेख छ । सामूदायिक विद्यालय मध्ये जिल्लाकै धेरै विद्यार्थी अध्ययनरत कालिका हिमालय उमाविमा स्नातकाेत्तरसम्म एउटै व्यवस्थापन समितिले काम गर्दै आएको थियो ।

व्यवस्थापन समिति गठनका लागि अध्यक्षका लागि ३० जनाकाे उम्मेदवारी परेकाे र ५ पटक सर्वदलीय सहमतिका लागि प्रयास गरे पनि सफल नभएकाे हाे । कार्यक्रममा व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मेघनाथ घिमिरे, कालिका हिमालय उमावि सहायक प्रअ पार्वती आचार्य, कालिका हिमालय क्याम्पसका सहायक प्रमुख झंकनाथ न्याैपाने, सुपरिवेक्षक राजन न्याैपानेलगायत शिक्षक, विद्यार्थी, अभिभावक प्रतिनिधिले आफ्नाे धारणा राखेका थिए ।274221203_10225975708235239_5490756734581754677_n