विद्यालय शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

Naf

कालिकास्थान, रसुवा

२०७२ साल बैशाख १२ गतेको शत्तिशाली भुकम्प पछि मानविय सहायताको आवश्यकतालाई मध्य नजर गर्दै एक्सन एड नेपाल र रोटाको सहयोग तथा नेपाल कृषिवन प्रतिष्ठानको आयोजनामा आकस्मिक मानविय सहयोग कार्यक्रम संचालन अन्तर्गत प्रभावित क्षेत्रका विद्यालयहरुमा विद्यालयको शौक्षिक सामाग्री बितरण्त गरेको छ ।

भूकम्प पीडित विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी विद्यालयहरुमा गरिएको विभिन्न सहयोग तथा विद्यार्थीहरुका लागी शैक्षिक गुणस्तर र विद्यार्थीको मनोवल बढाउनको निम्ती विद्यार्थीहरुलाई विद्यालय पोशाक, झोला र झोला भित्र विभिन्न शैक्षिक सामाग्रीहरु विद्यार्थीको वितरण गरियो । विद्यलय श्रोत व्यक्ति, विद्यलय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका प्रतिनिधीहरु, प्रतिष्ठानका कर्मचारी तथा अभिभावक र बिद्यार्थीहरुको रोहबरमा सामाग्री वितरण गरिएको थियो ।

१० ओटा अस्थायी सिकाई केन्द्र निर्माण गरिएको ९ ओटा विद्यालयहरुमा विद्यार्थीहरुको लागी उक्त सामाग्रीहरु वितरण गरिएको थियो । सामाग्री बितरणमा बिद्यालयमा वाल क्लव, विद्यालय व्यवस्थापन समिति , शिक्षकहरुको अनुगमन तथा बितरण समिति निर्माण गरि उक्त निर्माण समितिको अगुवाईमा सामाग्रीहरु बितरण गरिएको थियो ।

बिद्यालयको तर्फवाट औपचारिकरुपमा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बिद्यार्थीहरुले प्राप्त सामाग्रीहरुको जवाफदेहिता तथा पारदर्शिता वोर्डमार्फत मूल्य सार्वजनिक गरि बिद्यार्थीहरुलाई बितरण गरिएको थियो । उक्त कार्यक्रमका वारेमा धारणा राख्ने क्रममा विद्यालयका शिक्षक अभिभावक तथा बिद्यार्थी र वाल क्लव, सहयोग तथा बितरण समितिहरुले अत्यन्त प्रभावकारी र पारदर्शि रहेकोले सवै निकायहरुले उक्त कार्यक्रमको अनुसरण गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै कालिका हिमालय उच्च माध्यामिक विद्यालयका बि।ब्य।स अध्यक्ष कृष्ण वहादुर आचार्यले यति धेरै बिद्यार्थीहरु भएको बिद्यालयमा करिव १६ लाख वरावरको समाग्री सहयोग गर्ने तथा सिकाई केन्द्र निर्माणका कार्यमा सहयोग गरेकोले कृषिवन प्रतिष्ठानलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न सल्लाह दिनु भएको थियो ।

उक्त बितरण कार्यक्रममा जम्मा २००४ जना बिद्यार्थीहरुलाई सामाग्री बितरण गरिएको थियो भने जसमा १०२५ छात्रा र ९७९ छात्रहरु लाभान्वित भएका थिए भने बिद्यालयका १२६ जना शिक्षक शिक्षिकाहरुलाई ज्याकेट समेत बितरण गरिएको प्रतिष्ठानका जिल्ला संयोजक कमलनाथ आचार्यले बताउनुभयो । भूकम्प पछिको दुखमा न्याफले विद्यार्थीहरुमाझ पुगेको सहयोगले निकै राहत महसुस भएको शिक्षक अभिभावकहरुको प्रतिक्रिया रहेको छ ।

Comments

comments