विद्युत बक्यौताले नतिरेको भन्दै स्याफ्रुवेशीको विद्युत लाइन काटियो

हिमनाथ देवकाेटा

धुन्चे, रसुवा
विगत चार महिनादेखि विद्युत महसुल नबुझाए भन्दै नेपाल विद्युत प्राधिकरणले मंगलबरादेखि स्याफ्रुवेशीको विद्युत लाइन काटेको छ ।

चिलिमे सामूदायिक विद्युत उपभोक्ता समितिले नेपाल विद्युत प्राधिकरणसँग सस्तोमा विद्युत किनेर स्याफ्रुवेशी तथा ठूलोस्याफ्रुका ग्राहकलाई विद्युत वितरण गरेको थियो । समितिले प्राधिकरणलाई बुझाउनु पर्ने ४ लाख १ हजार रकम बक्यौता नबुझाएपछि प्राधिकरणले विद्युत लाइन काट्न वाध्य भएको धुन्चे शाखा प्रमुख सोवितबहादुर क्षेत्रीले वताए ।

समितिले ग्राहकसँग मासिक रूपमा विद्युत महशुल उठाएको स्थानीय वासिन्दाको भनाइ रहेको छ । समितिले ग्राहक महशुल उठाए पनि प्राधिकरणलाई नबुझाउदा स्याफ्रुका २ सय धन्दा घरधुरी प्रभावित भएका छन ।

Comments

comments