विद्युत विकासमा जोड दिनुपर्छ – उपराष्ट्रपति पुन

57083530_2642493589112369_5260359090965577728_n

रसुवा । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक सम्पदाको उचित सम्बर्द्धन गर्न सके त्यसैबाट मुलुकले सम्बृद्धि हासिल गर्ने बताएका छन् । नेपाल-चीन व्यापारिक नाका रसुवागढी नाका र नजिकैको रसुवागढी जलविधुत आयोजनाको अवलोकनका लागि सोमबार रसुवा पुगेका उपराष्ट्रपति पुनले त्यहाँ आयोजित एक कार्यक्रममा बोल्दै रसुवालाइ स्वर्गको टुक्राको उपमा दिए ।57083530_2642493589112369_5260359090965577728_n (1)

56726469_2642493472445714_1988000882255462400_oउपराष्ट्रपति पुनले प्राकृतिक र सांस्कृतिक विविधताले सम्पन्न सुन्दर हिमाली जिल्ला रसुवालाई स्वर्गको टुक्रासंग तुलना गरे । यहाँको कला, संस्कृति र सम्पदा देखर आफू लोभिएको भन्दै उनले यसको जगेर्ना गर्नु जरुरी रहेको बताए ।

‘जल, जडिबुटी र सांस्कृतिक विविधताले भरिएको रसुवा स्वर्गको टुक्रा हो, यसको उचित प्रयोग गर्न सक्ने मुलुकले ठुलो फाइदा लिनसक्छ’, उपराष्ट्रपति पुनले भने । याहाँको जलसम्पदालाई जलविद्युत आयोजनामा रुपान्तरण गर्नसके देश विकासमा ठुलो टेवा पुर्याउन सकिने भन्दै उनले जलबिद्युत आयोजना निर्माणमा चिलिमे लगायतका आयोजनाहरुलाई एउटा मोडलको रुपमा विकास गर्न सकिने बताए ।

प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताले सम्पन्न रसुवा पर्यटकीय महत्वका दृष्टिले समेत उत्कृष्ट जिल्लाका रुपमा रहेको भन्दै उनले त्यसको प्रवर्द्धन गरिनु पर्नेमा जोड दिए । रसुवा प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण रहेकाले यसको प्रचारप्रसार गर्न सके नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने उनको भनाइ थियो ।56726469_2642493472445714_1988000882255462400_o

सोमबार नै उपराष्ट्रपति पुनले रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित चिलिमेमा स्यामपलिंग युवा क्लवले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको अवलोकन गरेका थिए । 57221267_2642495405778854_6327095071686524928_o

Comments

comments