विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि

RasuwaRasuwa

हेमनाथ खतिवडा

राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि बढ्न सकेको छैन । हिमाली जिल्ला भएकै कारण पछिल्लो २ दशकमा पर्यटन र जलविद्युतको विकासबाट आफ्नो पहिचान बनेको यस क्षेत्रमा २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यस पछिको पराकम्पले निकै क्षति पु¥याएको छ ।

सञ्चार क्षेत्रको कुरा गर्दा अहिले युवा शक्तिहरू प्रकाशित दैनिक, साप्ताहिक, पाक्षिकलगायतका पत्रपत्रिकाहरू भन्दा अनलाइन खोजी अध्ययन हेर्ने क्रम बढ्दो छ । राजधानीबाट नजिक रहेपनि भौगोलिक विकटता सडक तथा यातायातका साधन अभावको कारणले नुवाकोटको त्रिशूलीबाट डेढ दिनको पैदल यात्रापछि धुन्चे आइपुग्न सकिन्थ्यो । पहिले सञ्चार माध्यम मध्ये पत्रपत्रिकाहरू हेर्न ग्रामीण तहमा त के सदरमुकाममा समेत त्यति सम्भव थिएन । तीन दशक अघिको कुरा हो । गोरखापत्र र राजधानीबाट प्रकाशित हुने कम मात्रामा साप्ताहिक पत्रिकामात्र रसुवासम्म आइपुग्थे । त्यसबेला हुलाकबाट प्राप्त पत्रलाई आधार बनाएर स्थानीय समाचारदाताहरूले पठाउनुपर्ने बाध्यता थियो । त्यस्ता खबरहरू गोरखापत्रमा छापिन्थे । छापिएका खबरहरू हेर्न सरकारी कार्यालयमा जानुपथ्र्याे किनभने हुलाकमार्फत ४÷५ दिनपछि मात्र गोरखापत्र दैनिक पत्रिका आइपुग्थ्यो ।

सरकारी कार्यालयमा पुगेर सिमित ब्यक्तिहरूले मात्र पत्रिकामा छापिएका समाचारहरू पढ्थे । विक्रम् सम्वत् २०४२ सालताका पासाङल्यामु सडकमा सवारी साधन चलेपछि सवारी साधनमा गारेरखापत्र आउनथाल्यो । पञ्चायतकालमा राट्रिय समाचार समितिले पठाएको समाचारलाई गोरखापत्रले प्रकाशित गर्दथ्यो । गोरखापत्रमा मुख्य सहरमा मात्र समाचारदाता राखिएको सुनिन्थ्यो । २०४६ को जनआन्दोलनपछि सञ्चार ऐनमा भएको परिमार्जनले निजी क्षेत्रले पनि पत्रपत्रिका प्रकाशन गर्न पाउने प्रवधान भएपछि थुप्रै सङ्ख्यामा पत्रपत्रिकाहरू प्रकाशित हुन थाले । पछि विद्युतिय सञ्चार माध्यम टेलिभिजन र एफएम रेडियो पनि अलि बढीखुल्न थाले । त्यसपछिका कुना काप्चाका खबरले सञ्चार माध्ययममा स्थान पाउन थाले । नियमितरूपमा राष्ट्रिय तथा स्थानीय पत्रिका र विद्युतिय सञ्चार माध्ययममा रसुवाको पनि केही हदसम्म पहुँच पुग्न थालेको देखिन्छ ।

रसुवाबाट माध्यमामा समाचार सम्प्रेषण गर्ने पहिले ब्यक्ति ज्ञानेन्द्रनाथ न्यौपानेले २०४२ सालदेखि राट्रिय समाचार समितिमा काम गर्न थाल्नु भएको थियो । उहाँ अहिले पनि त्रिशूली प्रबाह र राससमा अझ पनि क्रियाशील हुनुहुन्छ । पछिल्लो अवधिमा गोरखापत्र, कान्तिपुर, राजधानी दैनिक , नेपाल समाचारपत्र, नागरिक, नयाँ पत्रिकालगायत धेरै राष्ट्रिय पनि रसुवा आउन थाले । यी पत्रिकाहरूले पनि रसुवामै स्थानीय समाचारदाताहरूलाई काम गर्ने अवसर दिएका छन् । यसका साथै टेलिभिजन, रेडियो र अनलाइनहरूमा पनि रसुवाका कुनाकन्दाराका खबरहरू प्रसारित हुन थाले । यसको क्रमसँगै जिल्लामा पत्रकारिता क्षेत्र र पत्रकारहरू पनि क्रमशः बढ्दै गइरहेका छन् ।

यतिबेला स्थानीय सञ्चार माध्यमकारूपमा कुनै पत्रपत्रिकाहरू प्रकाशित छैनन् । रसुवाका क्रियाशील पत्रकारहरूले प्रकाशन गरेको एक मात्र साप्ताहिक ‘रसुवा खबर साप्ताहिक’ थियो । यसले पनि तीन वर्षको यात्रामा विश्राम लिन पुग्यो । म आफुसहित प्रेमप्रसाद पौडेल, विश्वास नेपाली र राकेश लामालगायतका पत्रकार साथीहरूको क्रियाशीलतामा प्रकाशन भएको ‘रसुवा खबर’ तीन वर्ष सञ्चालनमा आएर रोकिन पुग्यो ।

अर्काे त्रैमासिक रूपमा प्रकाशन थालेको ‘रसुवाली आवाज’ र ‘नयाँ प्रबाह’ पत्रिका पनि त्यसै गरी बन्द भए । पछिल्लो समयमा जिल्लामा ३ वटा रेडियो र २ वटा अनलाइन सेवा सञ्चालनमा छन् । रसुवा खबर डटकम, कालिका खबर डटकम , लाङटाङ न्युज डटकम, अनलाइन सेवा छन् भने रेडियो रसुवा, लाङटाङ एफएम र गोसाँइकुण्ड एफएम सञ्चालनमा छन् । रसुवाका समाचारहरू साझा सवाल, मेरो जिल्ला, ईन्सेक अनलाईनमा पनि महत्वका साथ आउने गरेको छ  ।

पत्रकारिताको विकासका निमित्त रसुवामा राष्ट्रिय सञ्चार विकास केन्द्रले २ पटक पत्रकारिता सम्बन्धि आधारभूत तालिम प्रदान गरेको थियो । सुवास आगमनको क्यानभाष रिसर्च सेन्टर , विस्वास नेपालीको अगुवाईमा नयाँ नेपाल नयाँ जागरण रेडियो श्रोता क्लव धैबुङ्गलगायतका स्थानीय संस्थाले आधारभूत पत्रकारिता तालिम दिएका छन् । तालिम पछि केहीले सीपलाई ब्यवहारमा उतारेका छन् । तालिमले जिल्लामा पत्रकारिता सेवा हो भन्ने भावना अन्य सरोकारवाला र केही मात्रामा सर्वसाधारणमा पनि जागृत भएको पाईन्छ । पछिल्लो समयमा तीन वटा रेडियो रसुवामा सञ्चालित छन् । ग्रामीण तहमा सूचनाको पहुँच बृद्धि गर्ने अपेक्षा गर्न सकिन्छ ।

राससमा स्वर्गीय  तेम्पा तामाङले सुरू गरेको देखिएपनि उनको निरन्तरता रहेन । राससका समाचारदाताको पत्रकारितामा लागिरहेका ज्ञानेन्द्र न्यौपानेले पत्रकारिताका २ दशक बिताएका छन् । उनी पछि मैले नै पत्रकारिता प्रति अभिरूचि राखेर लेख्न सुरू गरे । विद्लय तहमै पनि निबन्ध, कविता, बक्तृत्व कलमा भाग लिने र लेख्ने गर्दथे । केही सिर्जनाहरू त्यस बेला पनि पत्रिकामा छापिन्थे । त्यस्तै प्रेरणाले त्रिशूली प्रबाहसाप्ताहिक पत्रिकाको सरुवातसँगै जिल्लाको दक्षिणी क्षेत्रमा हुने गतिबिधीका समाचारहरू संकलन गरेर पठाउन थाले प्रकाशित भएर आउन थाल्यो । केही समाचारहरूको सकरात्मक प्रभाव पनि पर्न थालेकोले समाचार लेख्न प्रेरणा मिल्न थाल्यो । त्रिशूली प्रबाहसाप्ताहिकबाट नै मैले पत्रकारिताको निरन्तारता दिएको थिए । ०६० देखि ईन्सेकको नेपाल मानवअधिकार वर्षपुस्तक र नेपाल समाचार पत्र दैनिकमा रसुवा जिल्लाबाट सूचना संकलन गरेर पठाउने जिम्मेवारी मिल्यो । मुलुकमा दश वर्षे द्वन्दको पत्रकारिताको पनि मेरो तिता मिठा अनुभव छन् । कान्तिपुरमा पहिले उमानाथ आचार्यले सुरू गरेको देखिन्छ । अहिले उनी शिक्षण पेशामा छन् । त्यसपछि भरतजर्घामगरले जिम्मेवारी लिए भने अहिले कृष्ण थापा छन् । बलराम घिमिरे, निराजन पौडेल, विश्वास नेपाली, सुशील कोईराला रसुवामा क्रियाशील छन् । पछिल्लो समयमा पत्रकारितामा रूची राख्नेहरू बढ्दै छन् । तीनवटा रेडियो सञ्चालनमा छन् । यसले गर्दा पनि ग्रामीण पत्रकारितामा लाग्नेहरूले महिला पत्रकारहरूले सिक्ने र काम गर्ने मौका पाएको देखिन्छ ।

पत्रकारका नाममा चार पाँच जनाले काम गर्दासम्म कुनै जिल्लामा पेशागत संगठन र छाता संस्था पनि रसुवामा थिएन । नेपाल पत्रकार महासंघ नुवाकोट रसुवा शाखा थियो । मैल ०५८ मै साधारण सदस्याताका लागी आवेदन दिए । सदस्यता पनि स्वीकृत भएन । सदस्यता पाउन मेरो आधारभूत कुराहरू पुग्दा पनि निकै वर्षसम्म कठिन भयो । त्यसै वर्ष नुवाकोटमा प्रेस चौतारीको संयुक्त शाखाको सदस्य भए । प्रेस चौतारी नेपालको रसुवाको प्रथम जिल्ला अधिवेशन ०६७ पुस २५ गते धुन्चेमा भयो । त्यस पछि नै पत्रकारहरूको अन्य पेशागत संगठन रसुवामा प्रेस युनियन र क्रान्तिकारी पत्रकार संघ पनि जन्मेका हुन् ।

रसुवामा पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघको शाखा खोल्ने विषयमा निकै टकरावको अवस्था भयो । छुट्टै शाखा हुनु पर्छ भन्ने मान्यता हुनु राम्रो कुरा हो कसले नेतृत्व गर्ने भन्ने संर्किण मानशिकताले गर्दा गठन पनि अलमलमा परेको थियो । ०६७ जेठ २ गते शाखा खोल्ने प्रयास भएपनि त्यस बेला केन्द्रले तोकेर पठाएको आधिकारिक प्रतिनिधी उपस्थित नभएकोले पछि २०६७ साल पुस १० गते नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शीतल शाहको प्रमुख आतिथ्यमा भएको भेलाबाट पत्रकार ज्ञानेन्द्र न्यौपानेको संयोजकत्वमा १९ सदस्य रहेको तदर्थ समिति गठन भएको समितिले आधिकारीक रूपमा मान्यता पायो । ०६७ फागुन ४ गते प्रथम जिल्ला अबिधेशन भयो । त्यसको नेतृत्व भागिरथ देवकोटाले गरे । केन्द्रको नीति निर्देशनको पालना गर्दै कार्यक्रमहरू गर्दै ०७० फागुन २१ गते दोस्रो जिल्ला अबिधेशन भयो यसको नेतृत्व सोम तामाङले गरे पनि हाल अन्यत्र नोकरीमा लागेकोले अहिले कार्यवाहक अध्यक्षको जिम्मेवारीमा म आफै रहेको छु । बिधान र बिधी अनुसार कार्यक्रम गर्ने, मुलुकमा बिभिन्न खालका असहज परिस्थितीमा केन्द्रको निर्देशन अनुसार आन्दोनल अभियान गर्ने काम र पत्रकार संस्थागत विकास गर्ने कुरामा रसुवाका पत्रकारहरू एकवद्ध भएर लाग्नु पर्ने आवश्यकता देखिन्छ । अहिलेसम्म संस्थागत विकास गरेर अघि बढ्न सकेको छैन ।

जिल्लामा समग्र सञ्चारका माद्ययम अन्य जिल्लाको तुलनामा विकास सुरूवातको चरणमा छ । ०७२ बैशाख १२ को विनाशकारी भूकम्प र त्यस पछिको पराकम्पले रसुवामा क्रियाशील पत्रकार र सञ्चार संस्थाहरूलाई पनि असर पुगेको छ । सञ्चारकर्मीहरूको सञ्चार उपकरणहरू र बसोबास गर्ने घर भत्केकको छ भने कति साथीहरूले आफन्त गुमाएको पिडा पनि छ । यसले ग्रामीण तहमा सुरूवातको अवस्थामा रहेको पत्रकारितामा निकै असर पु¥याएको छ । यद्यपी रसुवामा सञ्चारकर्ममा लागेका साथीहरूले सक्रियताका साथ आफ्ना सञ्चार माध्यममा नियमित रूपमा समाचार सम्प्रेषण गरेर सामाजिक रूपमा पनि योगदान गरेका छन् । सञ्चार माध्यामा रहेका केही समस्याहरू समाधान हुन सकेर सञ्चारमा लगानीमैत्री वातावरण भएमा पछिल्लो पुस्ताबाट जिल्लाले पत्रकारिताको विकासमा आशा गर्न सकिन्छ ।

विनाशकारी भूकम्पको पिडामा पनि सवै संचारकर्मीहरू आफ्नो पेशा धानेर काम गरिरहेका छन् भने घुम्ती नागरिक सहायता कक्ष लुथरन विश्व फेडसेसन, क्वीक भोलेन्टियर, सिविस, शक्ति समुह, जिल्ला भुमिअधिकार मञ्च, ईन्सेक, हामी, ओरेक, एसिएफलगायत संस्थामार्फत केही मानवअधिकारकर्मी, पत्रकारहरूले भूकम्प पीडितहरूको अधिकार र सामाजिक न्यायको पक्षमा काम गर्ने मौका पाएको देखिन्छ । वास्तविक भूकम्प पीडितहरूलाई राहत दिलाउन, पाउनका लागी प्रक्रिया बारे सहजिकरण गर्ने काममा सहायता कक्ष तथा अन्य संस्थामा आवद्ध भएर रिर्पोटिङ गरी सरोकारवालाहरूको ध्यान खिच्ने काममा पत्रकारहरूको भूमिका महत्वपूर्ण देखिएको छ । अहिले मोवाईल सिटिजन हेल्प डेक्समा पनि आवद्ध भएर काम गरिरहेको छु । हामीले प्रकोपमा पनि रिर्पोटिङ गरेर नयाँ अनुभव संगाल्दै छौं । 

भूकम्प पीडित सर्वसाधारणलाई कहिले २ लाख कहिले ५ लाख रुपैयाँ आवास निर्माणका अनुदान १५ लाख सहुलियत ऋण दिने चर्चा छ । सरकारले स्पष्ट नीति तयार गरी लागू गर्न नसक्ता समस्या देखिएको छ । भूकम्प पीडितहरूलाई सहयोग गर्न बिभिन्न दातृ निकायले दिएको ७४ अबर रुपैयाँ सरकारी ढुकुटीमा जम्मा भएको छ । उक्त रकम पनि खर्च गर्न सकेको छैन ।

रसुवामा करिव १३ हजार घरधुरी  मध्ये ९८ प्रतिशत भौतिक क्षती भएको छ । भने लाङटाङ, हाकु , डाडागाउँ र राम्चे गरी १ हजार बढि घरधुरी बिस्थापित छन् । सुख्खा तथा हिम पहिरोले पहिरोले बगेपछि  गाउँले बिस्थापित भए । बिस्थापितहरू आवास, शिक्षा, स्वास्थ्य र जीविकाको समस्यामा छन् । भूकम्प पीडित परिवार परिचय पत्र बितरणमा छुटेका तथा राहत पनि छुटेका पनि धेरै छन् । कतिपयले प्रक्रियामा अलमल परेर छुटेका थिए । वास्तवमा छुटेका पहिचान गरी उनीहरूलाई राहत तथा परिचय पत्र दिने काम भएको छैन । भौतिक संरचना मात्र होईन आर्थिक पुर्नर्निमाण आजको आवश्यकता हो । विनाशकारी भुकम्पले हामी निकै चिन्तित भएको समयमा महासंघ केन्द्रीय अध्यक्ष लगायत सवै संगठनका नेताहरू रसुवा आएर भेट्न तथा केही संस्थागत राहत प्राप्त हुँदा हामीलाई हौसला मिलेको छ । सवै पक्ष मिलेर जिल्ला मात्र नभई १४ जिल्लाको अर्थिक सामाजिक देखि भौतिक पुर्ननिर्माण हर्न जरुरी छ ।

अन्त्यमा रसुवा भुगोलले राजधानीदेखि नजिक रहेर पनि यहाँको पत्रकारिता माथि नउठ्नुका बिभिन्न कारणहरू मध्ये जिल्लाको अन्य विकाससँग पनि जोडिएको छ । बल्लतल्ल तीन बटा बिएड (स्नातक) तहको अध्यापन हुने कलेज छन् । दश वटा उच्चमावि छन् । अहिलेसम्म पत्रकारिता पढाई हुन सकेको छैन । जिल्ला बाहिर रहेर पत्रकारिता पढ्दै गरेकाहरू पनि पत्रकारितालाई पेशा बनाउने कमै छन् । तालिम र अनुभवबाट मात्र बिभिन्न विषयमा आफुलाई अद्यावधिक गर्दे पत्रकारिता गर्ने मोफसलको नियति नै हो । पत्रकारिता बारे बुझाई कम हुनु । जिल्लामा छापाखाना नहुनु , स्थानीय सञ्चार मध्यममा लगानी नहुनु , बिज्ञापन र सूचना दिने बानीको विकास नहुनु यहाँका मुख्य समस्याहरू छन् । बिभिन्न खालका समस्या र चुनौतिहरूसँग पौठेजोरी खेल्दै स्थानीय तथा राष्ट्रिय, छापा तथा विद्युतिय र न्यु मिडियाहरूको रसुवाको पहुँच ग्रामीण तहमा पु¥याउन र संचारकर्मी साथीहरू अझै फैलिन पर्ने देखिन्छ नयाँ पुस्ताबाट जिल्लाले आशा गरेको छ ।

लेखक नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रसुवाका कार्यबाहक अध्यक्ष तथा ईन्सेकका जिल्ला प्रतिनिधी हुन् । 

Comments

comments