विपदमा पूर्वमाननीयले गरे सहयोग

Photo Timmure (3)

रसुवा । उत्तरी रसुवाको टिमुरेमा साउन साउन ९ गते राती गएको पहिरोले ठूलो जनधनको क्षति पु¥यायो । रसुवा जिल्लामा भूकम्पपछि यो दोस्रो कहालीलाग्दो घटना हुन पुग्यो । पहिरोमा परी ९ जनाले अकालमै ज्यान गुमाउनु पर्यो भने दर्जनभन्दा बढी मानिसहरू घाइते हुन पुगे । विपद्को यस्तो अवस्थामा जिल्लामा रहेका विभिन्न संरचनाहरूको अतुलनीय सहयोग रह्यो ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरे पछिल्लो समय व्यापारिक नाकाको हिसावले प्रसिद्धि कमाउदै गएको क्षेत्र हो । तर यहाँको भुगोलले साथ नदिँदा भूकम्पमा पनि ठूलो क्षति हुन पुगेको थियो । पछिल्लो पटक गत साउन ९ गते पनि अतुलिनीय क्षति हुन पुग्यो । पहिरोले सिन्धुपाल्चोकका ४ जना रसुवा जिल्लाका ३ जना र नुवाकोट जिल्लाका २ जनाको अकालमै ज्यान लियो । पहिरो बस्तीभन्दा केही माथिको पहाडबाट झरेको थियो । पहिरो पन्छाउन र उद्दार गर्नको लागि जिल्ला प्रहरी, नेपाली सेना, गाउँपालिका र स्थानीयको ठूलो सहयोग रहेको थियो ।

यस्तो विपद्को समयमा समस्यामा परेका जनताको उद्दार र मृतकहरूको लासलाई संस्कारअनुसार सदगत् गर्नको लागि रसुवाका पूर्व माननीय सांसद् तथा नेकपाका सक्रिया नेता जनार्दन ढकालले मद्दत गर्नुभयो । उहाँले स्थानीयको आवश्यकतालई ध्यान दिई काठमाडौंदेखि हेलिकप्टर चार्टर गरी टिमुरे पुगी त्यहाँ स्थानीय पराम्पराअनुसार लासलाई ३००० मिटरभन्दा माथि उचाईमा रहेको गुरु गुम्बामा पु¥याउन मद्दत गर्नुभएको स्थानीयले बताएका छन् । उनको यो प्रयासको धेरैले प्रसंशा गरेका छन् भने स्थानीय पीडितहरूले विद्मा महलम् पाएको महशुस गरेका छन् ।

पूर्वमाननीय समेत रहेका ढकालले गरेको मानवीय सहयोग प्रति सामाजिक सञ्जाहरूमार्फत धेरैले प्रसंशा गरेका छन् । असल काम र दुःखमा सहयोग गर्ने यस्तो नेतालाई जिल्लावासीले चिन्न नसकेको गत चुनावमा उनलाई धोका दिएको भन्दै कतिपयले दुःख पनि व्यक्त गरेका छन् । ढकाल भन्छन्, पदमा रहे पनि नरहेपनि राजनीतिक समाजसेवीको हिसावले सदैव जनसेवा गर्नु मेरो धर्म हो । दुःखमा सहयोग मेरो पहिलो कर्तव्य हुनेछ ।

जनताहरूलाई दुःखमा साथ दिनु र सहयोग गर्नु माननीय धर्म रहेको बताउँदै ढकालले भन्नुभयो, जिल्लाको भूगोलअनुसार धेरै ठाउँ यस्तै पहिरोको जोखीममा छ, आफू सांसद् हुँदा सरकारका विभिन्न निकायसँग समन्वय गरी यस्तो जोखीमयुक्त क्षेत्रको बस्तीलाई स्थानान्तरणको लागि धेरै पहल गरिएको थियो, सो अनुसार अहिले कतिपय ठाउँमा बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढेको छ । उहाँले भन्नुभयो, जोखीमयुक्त क्षेत्रको बस्ती स्थानान्तरण गरी एकीकृत बस्ती विकासको अवधारणाअनुसार राज्य अघि बढ्नु आवश्यक छ । यस्तो घटनाहरू अझै बढ्न सक्छन्, अकनेन ठाउँहरू पहिरोको जोखीममा छ, त्यस्ता ठाउँमा रहेको बस्तीहरू सुरक्षित स्थानमा सारी जिल्लाको भूगोललाई बसोबासयोग्य र कृषियोग्य जमिनलाई विभाजन गरी बस्ती विकासको कार्यक्रम सुरुवात गर्नु आवश्यक छ । टिमुरे पहिरोमा परी अकालमै ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरोको विपद् क्षेत्रमा नेकपाको नेताहरूद्धारा पनि निरीक्षण गरी घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारलाई उचित राहत दिन माग पनि गरेका छन् । पहिरो क्षेत्रमा नेकपाका नेताहरू कर्णेल लामा, अशोक घिमिरे, इन्द्र गौतम साथै प्रदेश सांसद् शान्ति थिङ पनि पुगी पहिरो क्षेत्रको निरिक्षण गरेका थिए ।

Timure landslide (2)

 

Photo Timmure (4)

 

फोटोहरु : जर्नादन ढकालको फेसबुकबाट

Comments

comments