विपन्न तथा एकल महिलाहरूलाई कृषि सामग्री वितरण

नाैकुण्ड

रसुवा, महिला मुक्ति तथा सचेतना समाज रसुवाको आयोजना तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागको सहयोगमा विपन्न तथा एकल महिलाहरूलाई सत्रहजार बराबरको कृषि सामाग्री वितरण गरिएको छ ।

राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ५ सरमथलीका ३० जना अति विपन्न तथा एकल महिलाहरूलाई सत्रहजार रूपियाँ बराबरको कृषि सामग्री वितरण गरिएको हाे ।

कार्यक्रममा नौकुण्ड गाउँपालिका उपप्रमुख सिर्जना लामा, वडाध्यक्ष शुक्रमान पाख्रेनलगायत सहजिकरण समितिका सदस्यहरूको उपस्थितिमा रहेको थियो । महिलाहरूलाई सामग्री वितरण गर्नुअघि जेष्ठ १० गतेदेखि १४ गतेसम्म तरकारी खेती तथा वितरित हुने सामग्रीहरूको उपयोगिता सम्बन्धी तालिम प्रदान गरेको थियो ।

वितरण गरिएको सामग्रीहरूमा टनेल प्लाष्टिक, पाइप, हजारी, प्रिङ कल, थोपा सिञ्चाई, पम्प, टनेल फित्ता, कैची, प्राङ्गारीक मल, सुतली डोरी, प्लाष्टिक, ड्रम, कोकोफिट, नर्सरी ट्रे का साथै सात प्रकारका विउ विजनहरूको वितरण गरिएको थियो ।

तालिम पश्चात वितराण गरिएको सामग्रीबाट तरकारी खेती गर्न सहज वातातरणको सिर्जना हुने हुँदा महिलाहरूको जीवनमा उल्लेख्य सुधार हुने अपेक्षा आफुले राखेको उपप्रमुख लामाले बताए ।

यस अघि विभिन्न संधसंस्थाले तालिम दिएता पनि सामग्री वितरण नहुँदा तालिममा सिकेको कुराहरूको व्यवहारत लागू गर्न नपाइने समस्या रहेकोमा अहिले तालिमको साथसाथै सामग्री पाएकोले व्यवाहरत लागू गरी व्यवसय गर्न र आफ्नो जीवन स्तर परिवर्तन गर्नमा उत्प्रेरित गरेको अति विपन्न महिला साेममाया थिङले बताईन ।

Comments

comments