विपन्न परिवारमा खाद्यान्न सहयोग

IMG_20210614_134951

रसुवा । कोरोना भाइरस (कोभिड–१९) महामारीको कहरकाबीच जारी लकडाउनको कारणआर्थिक समस्या भोगिरहेका रसुवाका ८४ परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराइएको छ । कालिका गाउँपालिका–३ इटपारे निवासी सामाजिक अभियन्ता विश्वास नेपालीको समन्वयमा विभिन्न सहयोगी व्यक्तिहरूको सहयोगमा खाद्यान्न सामग्री उपलब्ध गराइएको हो ।

इन्जिनियर भेषराम पोखरेल र सुदिन श्रेष्ठमार्फत १८ जना भन्दा बढी व्यक्तिहरुमार्फत आर्थिक सहयोग सङ्कलन गरी उत्तरगया गाउँपालिका वडा नं. ५ का ६३ परिवार र कालिका गाउँपालिका वडा नं. ४ र २ का २१ परिवारको लागि खाद्यान्न सामग्री उपलब्ध गराइएको हो । प्रति घरधुरी एक बोरा चामल, दाल, नुन र तेल उपलब्ध गराइएको विश्वास नेपालीले जानकारी दिनुभयो ।

अधिकाशं दलित समुदाय दैनिक ज्याला मजदूरीमा निर्भर हुनुपर्ने र अहिले कोरोनाको कारणले गर्दा घर बाहिर गई ज्याला मजदुरी गर्ने वातावरण पनि नभएको र त्यस्तो काम गर्ने अवसर पनि सिजर्ना हुन सक्ने अवस्था नभएको हुँदा समूदायमा खाद्यान्नलगायतको सामग्रीको अभाव परेको हो । आपत विपतको बेलामा खाद्यान्न सामग्री उपलब्ध गराउने व्यक्ति तथा सहयोगीहरुलाई धेरै धन्यवाद भन्नु चाहन्छु, उत्तरगया गाउँपालिका– ५ का बिलबहादुर विश्वकर्माले भन्नुभयो । उहाँले भन्नुभयो, यस्तो समस्या परेको बेलामा यतिभने पनि सहयोग पाउने हाम्रो लागि धेरै ठूलै हो भन्ने ठानेका छौं ।

Comments

comments