विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश

296310655_5297939620291113_2207195135619551826_n

१६ साउन, रसुवामा दिन प्रति दिन विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढ्दो छ । जिल्लामा ठूला संख्याका नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । बागमती प्रदेश सचिवालय सदस्य माओवादी केन्द्रका उद्धवप्रसाद रिजालको नेतृत्वमा माओवादी र नेपाली काग्रेसका नेताहरू एमाले प्रवेश गरेका हुन् ।296245076_5297939506957791_683060790365897382_n

बागमती प्रदेश सचिवालय सदस्य माओबादी केन्द्रका उद्धव रिजाल, जिल्ला कमिटी सदस्य शंकरप्रसाद न्यौपाने, कालिका गाउँपालिका कमिटीका उपाध्यक्ष रामशरण कुइकेल, चित्रप्रसाद देवकोटा, बलराम ढकाल, तोयानाथ न्यौपाने, मोहनसिङ थिङ, बहादुर लोप्चन , वीर बहादुर थिङ, फुलमाया थिङ, हित बहादुर थिङलगायतका नेता तथा कार्यकर्ताहरुले माओवादी तथा नेपाली काग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

ओली निवास बालकोटमा नवप्रवेशी नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाइ पार्टीमा स्वागत गरेका थिए ।  उद्धव रिजाल नेकपा माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य हुन् । २०४८ नेकपा मसालको सदस्य, २०५१ सालमा नेकपा एकता केन्द्र रसुवा जिल्ला सदस्य २०५५ मा नेपाल राट्रिय शिक्षक संगठन रसुवा जिल्ला अध्यक्ष । २०६४ मा नेकपा माओवादीको सदस्य हाल नेकपा माओवादी बागमती प्रदेश सचिवालय सदस्य हुन् । उनी २०७४ सालमा कालिका गाउँपालिका अध्यक्षमा थोरै मतले पराजय भएका थिए ।

शंकरप्रसाद न्यौपाने नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य तथा कालिका वडा नं २ का इन्चार्ज समेत हुन् । सिताराम पौडेल नेकपा माओवादी केन्द्रका जिल्ला कमीटी सदस्य हुन् । बलराम ढकाल एकीकृत नेपाल शिक्षक संगठनका सदस्य हुन् । चित्र प्रसाद देवकोटा माओवादी केन्द्रको कालिका गाउँपालिका कमिटी सदस्य तथा कालिका गाउँपालिका वडा नं २ का अध्यक्ष हुन् । बहादुर लोप्चन साविक भोर्ले गाविस उपाध्यक्ष तथा गाउँपालिका कमिटी सदस्य हुन् । मोहनसिङ थिङ जिल्ला कमिटी सदस्य तथा नौकुन्ड ५ वडाअध्यक्षका प्रत्यासी उम्मेदवार हुन् । समाजसेवी तोयानाथ न्यौपाने नेपाली काङ्ग्रेस नेता हुन् । वीर बहादुर थिङ गत स्थानीय तहको निर्वाचनका नौकुन्ड ५  वडा सदस्य प्रत्यासी हुन् ।

Comments

comments