विश्व मानवअधिकार दिवसमा निबन्ध

20161210_141210

सुष्मा न्यौपाने
०७३ मंसिर २५ गते । विश्व मानवअधिकार दिवसको अवसरमा रसुवामा बिभिन्न स्थानमा अधिकारकर्मीहरुले गतिबिधी भएको छ ।

जिल्ला भूमिअधिकार मञ्च, महिला अधिकार मञ्च, ईन्सेक, मानवअधिकार तथा सामुदायिक विकास स्रोत केन्द्र रसुवाले कालिकास्थानम साँझ दिपावली गरेका थिए । कार्यक्रममा मानवअधिकारर्मी, पत्रकार , सामाजिक संस्था तथा स्थानीयको सहभागिता थियो भने ईन्हुरेड ईन्टरनेशनलको आयोजनामा यार्सा गाविसको एक मात्र नारायण माविमा निबन्ध प्रतियोगिता सम्पन्न भयो । “भत्केको घर चर्केको मन ” शीर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा भएको थियो । कार्यक्रमको सुरुवातमा मानवअधिकारकर्मी हेमनाथ खतिवडाले रसुवको मानव अधिकारको अवस्थाको बारेमा जानकारी दिए । प्रतियोगिताका निर्णायक रामबबु पौडेलले विषय बस्तुको बारेमा जानकारी दिदैं मूल्यांकन बिधी बारे जानकारी दिएका थिए । भत्केको घर चर्केको मन विषयमा भएको निबन्ध लेखन प्रतियोगितामा ११ जना विद्यार्थीहरूले भाग लिएका थिए । कार्यक्रम उत्कष्ट हुने तीन जनालाई जनही २ हजारका दरले पुरस्कार बितरण गरिएको थियो । उत्कृष्ट तीन निबन्ध मध्ये राष्ट्रिय तहमा पनि प्रतिस्पर्धा गराएर पुस्कृत गर्ने कार्यक्रम रहेको ईन्हुरेडले जनाएको छ ।

त्यस विद्यालयका शिक्षक लालबहादुर राय यादवले उत्कृष्ट निबन्ध लेख्ने विद्यार्थीलाई पुरस्कार प्रदन गर्नु भयो । उत्कृष्ठ हुने कक्षा ९ का शर्मिला तामाङ, अन्जना बिक र दिनेश तामाङलाई जनही २ हजार पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा ईन्हुरेडकर्मी रमेश देवकोटा र अन्जना भट्टको पनि सहभागिता रहेको थियो ।

त्यस्तै गरी बालमैत्री स्थानीय शासनलाई अघि बढाउन गाविसस्तरीय बलभेला लहरेपौवा गाविसमा सम्पन्न भयो । सृजनशील समाज नेपालको आयोजनमा भएको छलफलमा स्थनीय राजनीक दल , गाविस सचिव , वडा नागरिक मञ्च, महिला अधिार मञ्च, शिक्षक स्वाथ्यकर्मीहरुले बालमैत्री स्थानीय शासनको पालना गर्ने , १५ प्रतिशत बालबालिकाहरुको क्षेत्रमा बिनियजन गर्ने प्रतिवद्धता जनाएका छन् । सहभागिहरुले बालबालिकाहरुले योजन तर्जुमा गरेका थिए । क्षमता विकास तालिम नेतृत्व विकास तालिमका लागि बजेट बिनियोजन गर्ने , बालबालिका भवन , शैक्षिक सामाग्री , पुस्तकालय निर्माण विद्यालय बाहिर रहेका बालबालिबाहरु जनचेतना कार्यक्रम गरी भर्ना अभियन गर्ने , स्थानी बिकृति बिसंगति तथा कुलत बिरुद्ध अभियान गर्ने विषयमा बालबालिकाहरुले छलफल समेत गरेका थिए ।

गाविस सचिव गाविस सचिव रामप्रसाद बडालको अध्यक्षतामा संरक्षण समिति गठन भएको बालकयाण समितिका सूचना ब्यवस्थापन अधिकृत विकास आचार्यले बताए । भेलाबाट राजु पौडेलको संयोजकत्वमा लहरेपौवा गाविस स्तरिय बाल संजल गठन भयो ।
भेलामा सृजनशील समाज नेपालका तृप्ती न्यौपाने , निर्मल गौतमले सहजिकरण गरेका थिए ।

Comments

comments