विश्व शान्तिको कामना गर्दै बोलबम यात्रा

bolbam (1)

विश्व शान्तिको कामना गर्दै नीलकण्ठ कालिका वृद्ध सेवा धार्मिक समिति रसुवाले बोलबम यात्रा गर्ने भएको छ । आइतबार नीलकण्ठ महादेव मन्दिर जिवजिवेबाट प्रारम्भ हुने यात्रा उत्तरगया, त्रिशूली, विदुर, ढिकुरे, हुँदै कविलास स्थित कपिलेश्वर महादेव मन्दिरमा गएर समापन गरिने छ ।

लामाे समयदेखि विश्व शान्तिको कामना गर्दै विभिन्न धार्मिक महायज्ञ तथा शक्तिपीठहरुको यात्रा गर्दै आएको उक्त धार्मिक समतिले रुद्रगंगा, बेत्रगंगा, त्रिशूली नदी तथा स्थानीय १ सय ८ वटा मूलहरुबाट सङ्कलन गरिएको पवित्र जललाई कलश यात्रा सहित श्रावण २५ गते सोमबार सुप्रसिद्ध कपिलेश्वर महादेवलाई चढाइने कार्यक्रम रहेको  कार्यक्रमका संयोजक पण्डित नारायण देवकोटाले जानकारी दिनुभयो । bolbam (1)

बोलबम यात्रा अवधिभर आफू मौन व्रत बस्ने कार्यक्रम समेत रहेको यात्रा संयोजक पण्डित देवकोटाको भनाइ छ । ०६२/०६३ को जनआन्दोलनताका प्रशिद्ध तीर्थस्थल उत्तरगया बेत्रावतीमा पितृमोक्ष तथा गणतन्त्रको कामना गरी श्रीमद्धभागवत ज्ञानयज्ञ गरी धार्मिक यात्रा सुरु गरेको उक्त समितिको आयोजनामा २०७१ सालमा रसुवा जिल्लामै पहिलो पटक नीलकण्ठ महादेव मन्दिरबाट यात्रा प्रारम्भ गरी सुप्रसिद्ध तीर्थस्थल गोसाईकुण्डको जल त्रिशूलधारा, सूर्यकुण्ड सुन्दरीजल हुँदै पशुपतिमा अर्पण गरेको थियो ।

त्यसवर्षदेखि निरन्तर हरेक वर्ष फरक फरक स्थानका शिवालयहरुमा रुद्री पाठसहित जलधारा र बोलबम यात्रा तथा लोपोन्मुख छत्र भजन कार्यक्रम समेत गरिरहेको समितिका अध्यक्ष पुष्पराज देवकोटाले बताउनुभयो ।

Comments

comments