विस्थापितको दशैं

Photo of Bishwash (3)

विश्वास नेपाली

साँघुरो बस्ती । थोरै जमिनमा लहरै धेरै टहरा । हरेक घरमा परिवार धेरै । सबैको बासथलो सानो र साघँुरो । सबै अस्थायी जस्तापाताले छाइएको र घेरिएको टहरो । आजकल त दिनहुँ चर्कने घामको ताप सहनै नसकिने । उकुसमुकुस । कष्ठकर जीविका । बस्तीमा उज्यालो छैन । बिजुलीको रकम भुक्तानी गर्न नसक्दा प्राधिकरणले उहिल्यै लाइन काटिदियो । खानेपानीका समस्या उस्तै । जग्गा भाडा तिर्न नसकेको वर्षाै भयो । सरकारले तिरिदिएन । आशा मात्र भयो । आफूले तिरौं कहाँबाट ल्याउनु । दिनहुँ जग्गा धनीको किचलो । यस्तो समस्यामा छन्, रसुवाका विस्थापितको । नियति भनौं की बाध्यता विभिन्न समयमा आउने चाडबाडले गरिब, दुःखी र विस्थापित नभन्ने रहेछ । धनी गरिब नभन्ने रहेछ । उसलाई आइदियो र गइदियो बस् । टार्नु पु¥याउनु मान्छेको नियति ।

घुम्दै फिर्दै फेरी दशैं आयो । यो पनि वित्ने छ उसैगरी, जुन शिविरमै यसैगरी २ पटक वित्यो । यसपाली पनि भूकम्प पीडितले नमिठोसँग अस्थायी शिविरमै दशै मनाउँदैछन् । उनीहरूको नयाँ घरमा बसी दशैं मनाउने सपना कहिले पूरा हुने हो ? अन्योलै छ ।

गत २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले आफ्नो पुख्र्यौली थलोमा नराम्ररी क्षति पु¥याएपछि विस्थापित भएका परिवारले ३ वटा दशै अस्थायी शिविरमै कष्ठकर साथ विताउनु बाध्य हुनु परेको छ । न आम्दानी छ न उत्पादन छ । न रोजगारी छ न त सहयोग बस् छ त जीवन जीउनको बाध्यता । गाउँमा फर्केर खेतीपाती गर्न पनि पाइएको छैन । जाऊ बाटो छैन, पानी छैन र विजुली केही छैन । यता शिविरमा धेरै मानिसहरू एकै ठाउँमा भएकाले भन्ने वित्तिकै काम पनि पाइदैंन । समस्या मात्रै थपिँदै थुप्रै ।

शिविरमा बसेका भूकम्प पीडितलाई अन्य मानिस सरह व्यवहार नगरिएको उनीहरूको गुनासो छ । चाडबाड आउछ बालबच्चा रमाउन खोज्छन्, मिठो मसिनो खाने र राम्रो लगाउने आशा गर्छन्, हामीले कसरी टार्नु कसरी पु¥याउनु । यस्तो आपतमा बाचेका हामीलाई सरकारले कमसेकम राहत त वितरण गर्नुपर्थ्र्यो !

उत्तरगया गाउँपालिका वडा नं. ५ बोगटीटारमा बस्दै आएका विस्थापित अगुवा छेक तामाङ भन्छन्, हामी विस्थापितको नियति नै यस्तै भइसक्यो । आशै आशामा यतिका समय वितिसक्यो । सबैको अवस्था नाजुक छ । कोही मजदूरी गरी ल्याई परिवारको जीविकोपार्जन गरिरहेका छन्, आफन्तजन गुमे, परिवारजन गुम्यो उनीहरूको दैनिकी ज्यादै कष्ठकर छ । अहिले त पहिले जसरी शिविरमा बसेका हामीलाई राहत बाड्नको लागि संस्थाहरू पनि आउदैनन् । चाडबाँड आउदा अन्यबेला भन्दा आवश्कता बढी हुन्छ । माछा, मासु र मिठो खान र लाउन मन लाग्छ, बच्चाहरू कराउछन्, माग्छन्, आम्दानी नहुनेले कसरी टार्नु पु¥याउन ? छेकु भन्छन्, पहिले घरमा हुँदा बाहिर गएर कमाएर ल्याएर चाडबाँड टार्ने गरिएको थियो, रौनक थियो । शिविरमा त्यस्तो केही छैन ।

विस्थापित आशाबीर तामाङ चाडबाड आउँदा चिन्तामा डुब्छन्, रमाइले भनेर आउने चाड अव जहिल्यै नरमाइलो हुने उनको भोगाइ छ । भूकम्पले परिवारका ९ जनाको ज्यान लग्यो । भन्छन्, २ वटा घर थियो त्यो पनि लग्यो अव सुकुमबासी भएको छु । यस्तो नियति भोगेका हामीलाई यस्तो चाडबाड कहाली लाग्दो र अत्यास लाग्दो हुन थालेको छ ।

विस्थापित अगुवा बुटी तामाङ भन्छिन्, श्रीमान् विदेशमा छन् । चाडबाड आउँदा पनि परिवार एक ठाउँमा हुन पाइएन् । दशैं आउदा पनि रौनक छैन । उनी भन्छिन्, शिविरमा बस्नुपर्दा हामी महिलाले अझ बढी समस्या भोग्नु परेको छ । बालबालिकालाई समस्या छ । चाडबाँड आउँदा बालबालिकाहरू धेरै चाहना गर्छन्, उनीहरूको इच्छा पूरा गर्न नसक्दा धेरै पीडा बोध हुन्छ । कोही परिवारलाई त दशैमा खाने चामल समेत नभएको समस्या छ ।

यो पर्खाई पनि लामै भइसक्यो । उनीहरू व्यक्तिको जग्गा भाडामा लिई बसेका थिए । एक वर्षभित्रै पुनर्वास हुने सपना थियो तर अव त तीन वर्ष पुग्न लाग्यो । जग्गाधनीहरूले चर्को भाडा लिन्छन्, आफ्नो रोजगारी छैन, सरकार र सङ्घ सङ्स्थाले वितरण पनि गर्न छाडे । न चाडबाडको रौनक छ ।

उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल आफ्नो गाउँपालिका धेरै विस्थापित रहेको बताउछन्, उनी भन्छन्, चाडबाड आयो धेरै आशा गरेका छन्, एकबोरा चामल प्रत्येक परिवारलाई वितरण गरौं भनेर विभिन्न संघ संस्थाहरूसँग सहयोगको लागि अनुरोध गरेको छु । कम्तिमा एक बोरा चामल प्रत्येक परिवारलाई वितरण गर्ने र दशैं सहज बनाउन मद्दत गर्ने अध्यक्ष लम्सालको चाहना छ । यस्तो विवशतामा बाँचेका विस्थापितका आआफ्नौ थुप्रै कथा र व्यथाहरू छन् । सबैको कुनै न कुनै सपना छन् । तर आशा र माग भने एउटै छ, जतिसक्दो चाँडो ‘सुरक्षित पुनर्वास’ ।

20170827_145533

रसुवा जिल्लाका विभिन्न गाउँबाट ५४८ परिवार विस्थापित भई आफ्नो थातथलोबाट बाहिर बसोबास गरिरहेको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गरेको सर्वेक्षणले देखाएको छ । रसुवाको विस्थापितहरू जिल्लाकै उत्तरगया गाउँपालिका ५ को बोगटीटार, नौवीसे, खाल्टे लगायतको ठाउँमा बसोबास गरिरहेका छन् । यस्तै केही परिवार नुवाकोट जिल्लाको सदरमुकाम नजिक पिपलटार, वेत्रावती, शान्तिबजार, सातबीसे र रसुवा सदरमुकाम धुन्चे क्षेत्रमा छरिएर बसेका छन् । उनीहरूले भूकम्प गएयता यसरी विस्थापित शिविरमा बसोबास गर्दै आइरहेका हुन् ।
भूकम्प आयो गयो । तर यसको असर ठूलो पर्यो । बसोबास थलो तहस–नहस हुन पुग्यो । आफ्नो गाउँमा बसोबास गर्न नसकिने गरी जमिन चिराचिरा भएपछि बास थलो नमिठो मनले छोड्नु पर्यो । यसरी आफ्नो बासथलो गुमाएकाहरू सरकारी सहयोगमा अझै अथक आशा गरिरहेका छन् । विस्थापितहरू भन्छन्, रातमा निन्द्रा छैन, न दिनमा भोक । जसरी हुन्छ चाँडै पुनर्वास गरिदियो हुन्थ्यो ।

अझ बेलाबेला आउने दशैं, तिहार जस्ता चाडबाडले त झन बढी चिन्ता हुने र समस्या बढ्ने गरेको विस्थापितहरू बताउछन् । उनीहरूले सरकारको सहयोग पर्खेर बसेका छन् । यो पर्खाई पनि लामै भइसक्यो । उनीहरू व्यक्तिको जग्गा भाडामा लिई बसेका थिए । एक वर्षभित्रै पुनर्वास हुने सपना थियो तर अव त तीन वर्ष पुग्न लाग्यो । जग्गाधनीहरूले चर्को भाडा लिन्छन्, आफ्नो रोजगारी छैन, सरकार र सङ्घ सङ्स्थाले वितरण पनि गर्न छाडे । न चाडबाडको रौनक छ । विस्थापित परिवार भन्छन्, बालबालिका समेत भोकै बस्नुपर्ने बाध्यता हामी सामु छ । आफ्नो केही छैन, तर हामीलाई यस्तो दुःखको बेला सरकारले आशा गरेजति सहयोग गरेन ।

शिविरमा बसेका भूकम्प पीडितलाई अन्य मानिस सरह व्यवहार नगरिएको उनीहरूको गुनासो छ । चाडबाड आउछ बालबच्चा रमाउन खोज्छन्, मिठो मसिनो खाने र राम्रो लगाउने आशा गर्छन्, हामीले कसरी टार्नु कसरी पु¥याउनु । यस्तो आपतमा बाचेका हामीलाई सरकारले कमसेकम राहत त वितरण गर्नुपर्थ्र्यो !

विस्थापितहरूरूको दैनिक ज्यादै कष्ठकर बनिरहेको छ । दिनहुँ समस्या थपिँदै गएको छ । समस्या चाडै समाधान होला भन्दा झन झन लम्बीदै गइरहेको छ । उनीहरूको पुनस्र्थापना कहिले हुने कहाँ हुने भन्ने अझै टुङ्गो लागेको छैन । सरकारलाई भेट्न गयो पुनर्वास कहिले हुन्छ ? भन्यो, जहिले पनि जवाफ एउटै हुन्छ, अव गर्छौ, अव हुन्छ । तर सुरुवात यतिका दिन वितिसक्दा पनि हुन सकेन । आशा गरौं अर्काे दशैं सबै विस्थापित र भूकम्प पीडितले आफ्नै नयाँ र सुरक्षित घरमा मनाउन पाउनेछन् । !

नागरिकबाट । ८ असोज, २०७४

Comments

comments