विस्थापितको पुर्नवासको माग गर्दै प्रजिअलाई ज्ञापनपत्र पेस

DSC02765

रसुवा, पुष ३ – विनाशकारी भूकम्प गएको २० महिना वित्दा समेत विस्थापितलाई पुर्नवासको लागि ठोस कदम नचालेको भन्दै रसुवाका भूकम्प प्रभावितहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाइएको छ ।

विस्थापितको पुर्नवास गर , भूमिका समया समाधान गर जस्ता नारा सहित प्लेकार्ड बोकेर प्रर्दनमा उत्रेका भूकम्प प्रभावितहरुले पुर्ननिमार्णको क्रममा भुमिसँग जोडिएका सात वुँदे माग राखेर जिल्ला भूमिअधिकार मञ्च रसुवा, हामी अभियानले प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलाई आइतबार ज्ञापन पत्र वुझाएको हो ।DSC02728

पुर्ननिमार्ण गर्दा भूमिहीन, सकुम्वासी, महिला किसान, ग्रामीण किसानलाई प्राथामिकता दिनुपर्ने, विर्ता प्रकृतिको जग्गाको कारोवार गर्न नपाउने भनेर मालपोतमा परिपत्र गर्दा गर्दै पनि जग्गाधनीसँग मिलेर जग्गा किनेवेच भइरहेकाले तत्काल रोक्न पहल गर्नुपर्ने, बिर्ता तथा हाकुका गुठी प्रभावितलाई तत्काल लालपुर्जा उपलव्ध गराएर अनुदान सम्झौताको बाटो खोल्नुपर्ने माग गरिएको छ ।

DSC02716
विस्थापित भएकालाई भूगर्भविद् ल्याएर सुरक्षित ठाँउको पहिचान गराएर पुर्नस्थापना गर्नुपर्ने, भुकम्प पीडित परिचयपत्र पाउनबाट छुटेकाहरूको प्रक्रिया वारे जानकारी गराउनुपर्ने, पासाङल्हामु राजमार्ग आसपासका वासिन्दालाई १५ मिटर सडकको सिमा तोकी किनवेच तथा पास गर्नका लागि फुकुवा गर्नु पर्ने र जिल्लामा वनेको भूकम्प प्रभावितको रैकर, विर्ता, स्ववासी, वेनिस्सा र गुठी अधिनस्थ जग्गा दर्ता समितिलाई क्रियाशिल वनाउनुपर्ने माग गरेर ज्ञापन पत्र वुझाइएको जिल्ला भुमि अधिकार मञ्च रसुवाकी अध्यक्ष चित्रकुमारी न्यौपानेले जानकारी दिनुभयो ।
भूकम्पको कारण हाकु, डाँडागाँउ, लाङटाङ, धुन्चे र राम्चे गाविसबाट बिस्थापित भएका थिए । नौविसेमा एक सय ६७, वोगटीटारको हाकु क्याम्पमा ९३, डाँडागाँउ क्याम्पमा एक सय ११, काभ्रे क्याम्पमा ७०, सातविसेमा ५० र धुन्चेमा २ सय २१ गरी सात सय १२ घरधुरीले विस्थापित जीवन विताइरहेका छन् ।

Comments

comments