रसुवाका विस्थापितलाई न्यानो सहयोग

DSCN0045

बेत्रावती रसुवा
पुस १६, रसुवा । विनाशकारी भूकम्पबाट विस्थापित भई कष्ठकर जीवन विताइरहेका विस्थापित क्याम्पका भूकम्प पीडितहरूलाई क्वीक भोलेन्टिएर टिमले न्यानो सहयोगअन्तर्गत व्लाङ्केट र सिरक वितरण गरेको छ । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट विस्थापित भएका रसुवा हाकुका मानिसहरू अझै पनि बेत्रावती , सातबीसे, नौवीसे, बोगटीटार, कालिकास्थान काभे्र र धुन्चेमा विस्थापित शिविरमा बसोबास गरिरहेका छन् ।

भूकम्पले घरबार विहीन भई अस्थायी शिविरहरूमा बसोबास गरेको भूकम्प पीडितहरूको आठौं महिना हुँदा पनि पुनस्र्थापनाको सुरुसार देखिएके छैन । बढ्दो चिसोका कारण विस्थापितहरूको दैनिकी ज्यादै कष्ठकर बन्दै गएको छ । यी मध्ये बेत्रावतीको सातबीसे र बोगटीटार क्याम्प २ मा बसोबास गरिरहेका भूकम्प पीडितलाई क्इक भोलेन्टिएर र युथ एक्सन नेपाल काठमाडौंको टोलीले न्यानो सहयोगअन्तर्गत व्लाङ्केट र सिरक वितरण गरेको हो ।

संस्थाले हाकु गाविसबाट विस्थापित भई बसोबास गरेका बेत्रावती सातबीसे क्याक्पमा रहेका ३१ परिवारलाई प्रति परिवार एक थान सिरक र बोगटीटार क्याम्प नं. २ का ८८ परिवारलाई न्यानो व्लाङ्केट प्रति परिवार एक थान वितरण गरिएको क्इक भोलेन्टिएर टीम संयोजक अरुण खड्काले जानकारी दिए । संयोजक खड्काले भन्नुभयो, बाँकी विस्थापित शिविरमा र न्यानो कपडा खरिद गर्नको लागि क्रय शक्ति कम भएका केही दलित बस्तीमा पनि व्लाङ्केट वितरण गरिने योजना छ ।

विस्थापित शिविरमा बसोबास गरेका भूकम्प पीडितहरूको दैनिकी कष्ठकर बन्दै गएको छ । जस्ता र टिनको छानोमा बसोबास गरेका उनीहरूको आश्रयस्थल सित चुहिएर जनजीवन अति कष्टकर हँुदै गएको विस्थापितहरूले बताए । शिविरमा चिसोले बालबालिबा, बृद्धबृद्धा महिलाहरुलाई प्रभावित गरेका छ ।

Comments

comments