विस्थापित ओडारबस्तीलाई खाद्यन्न सहयोग

1936297_1027701280610077_8649535039028000224_n

कालिकास्थान, रसुवा । राम्चे गाविस १ ओडारबस्तीका भूकम्प पीडित १५ परिवारलाई काठमाडौंस्थित क्इक भोलेन्टिएर टिमले खाद्यन्नलगायतको सामग्री वितरण गरेको छ ।

गत बैशाख १२ गते गएको भूकम्पमा परी ओडार बस्ती क्षति भएपछि उनीहरु १५ परिवार स्थानीय विस्थापित भएका थिए । उनीहरु लामो पुर्खाैदेखि ओडारमा बसोबास गर्दै आएका थिए । भूकम्पको कारण ओडारमाथिबाट ठूलो पहिरो गएको र बस्ती पूर्णरुपमा क्षति भएपछि उनीहरु त्यहाँबाट विस्थापित भई राम्चे गाविस वडा नं. ३ स्थित ग्राङमा अस्थायी टहरा निर्माण गरी बसोबास गर्दै आएका छन् । उनीहरुको पुनबसोबासको अझै टुङ्गो लागेको छैन ।

भोलेन्टिएर टिमले १५ परिवार भूकम्प पीडितलाई खाद्यन्न, लत्ताकपडा र औषधीहरु वितरण गरिएको छ । क्इक भोलेन्टिएर टिमले राम्चे गाविसको ग्राङमा पुगी प्रति परिवार ६० केजी खाद्यन्न (चामल), ४ केजी दाल, ३ लिटर तेल, १ केजी नुन, लत्ता कपडा र औषधी वितरण गरिएको छ । यस्तै सो बस्तीका बालबालिकाहरुलाई स्कुल व्याग पनि वितरण गरिएको क्इक भोलेन्टिएर टिमका संयोजक अरुण खड्काले बताउनुभयो । उक्त बस्तीमा वितरण गरिएको सहयोग सामग्री हेरेथे ह्यान्सनले सहयोग गरेका थिए ।

खाद्यन्न सामग्री वितरण गरिएको केही तस्विर र ओडार बस्तीको तस्विर (साभार : क्इक भोलेन्टिएर)

12705293_1027700537276818_5618099878963544731_n

12744165_1027701010610104_6587279727632515951_n

12734232_1027701653943373_5944849052137527857_n

 

 

 

Comments

comments