विस्थापित समुदायमा गुजारा चलाउन समस्या

idp camp khalte

 ०७२ बैशाखको विनाशकारी भूकम्पका कारण उत्तरगया गाउँपालिका–१ र २ बाट विस्थापित १ सय ६९ परिवार वडा नं ५ को खाल्टे बगरमा दैनिक गुजारा चलाउन नसकेर कष्टकर जीवन बिताउँदै आएका छन् ।

उनीहरू जिल्लाको गोगने, तिरु, डाडागाउँलगायतका जोखिम बस्तीमा जोखिममा परेका कारण ४ वर्षअघिदेखि त्रिशुली नदिको किनारमा बस्दै आएका छन् । आफ्नो थातथलो छाडेर आएका उनीहरूको जिविका ज्याला मजदुरीमा चलेको थियो । अहिले कही कतै काम गर्न पनि पाउँदैनन् । ज्याला मजदुरी गर्न पनि बन्द भएपछि दैनिक गुजारा चलाउन कठिन भएको हो । कोरोना भाइसर (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम गर्न नेपाल सरकारले देशभरी लकडाउन (बन्दाबन्दी) गरेपछि सवै काम ठप्प भएकोले खाल्टे क्याम्पमा रहेका बिस्थापितहरू ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्न समस्यामा परेका हुन् ।

भूकम्पका कारण आफनो बस्तीमा पहिरोले जोखिम बस्तीमा परेका कारण सुरक्षित आवासको हक सुरक्षित हुन सकेन भने जेष्ठ नागरिक, अपाङ्गता भएका, बालबालिका, महिला ५ वर्षसम्म टिनको छाप्रोमै असुरक्षित तवरले खान समेत धौधौ गरेको छ । ज्याला मजदुरी गरेर ल्याएको मौज्दात खाद्यान्न दाल, चामल, नुन, तेल, चिनीलगायत दैनिक उपभोग्यवस्तु सकिएकोले समस्यामा परेको उत्तरगया गाउँपालिका ५ खाल्टे स्थित बिस्थापित क्याम्पका छेकु लामाले भन्नुभयो यहाँ गिट्टी कुटेर खानेहरूले समेत काम पाउन सकेनन् । दिनभर ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्नेहरू धेरै छन् उनीहरू समस्यामा परे लामाले भन्नुभयो “न राहत छ न काम नै गर्न पाइयो ।”
जस्ताको टहरो भित्र हपहपी गर्मीमा छ कसरी बस्नु ठूलो समस्या भयो । डकडाउनमा बाहिर निस्कन नपाएर खानेकुरा जुटाउन पनि सकिएन । सवै बिस्थापितहरू समेटेर राहत बितरण गर्न माग भएपनि अहिलेसम्म वडा कार्यालयले लगत संकलन पूरा नगरेकोले गाउँपालिकाले राहत बितरण गर्न सकेको छैन ।
उनीहरू सडक खन्ने, गिटी कुट्ने, मिस्त्री काम गर्ने, अरुको जग्गामा काम गर्ने गर्दथे । लकडाउनपछि विकास निर्माणको काम ठप्पभएकोले पनि उनीहरूले काम पाउन सकेनन् । उत्तरगया गाउँपालिकाले असंगठित श्रमिक तथा असहायलाई राहत वितरण गर्ने तयारीका लागि वडावडामा लगत लिन भनेपनि केही वडामा लगत आउन ढिला भएकोले राहत बितरणमा ढिलाइ भएको उत्तरगया गाउँपालिका अध्यक्ष चमेली गुरुङले भन्नुभयो । दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरू समस्यामा परेका छन् केही वडाबाट त्यस्ता मजदुरहरूको लगत संकलन गर्न ढिलाइ भएको छ अब चाँढै हामी राहत बितरण गर्छौ ।

तस्वीर ः खाल्टेबगरको जोखिमयुक्त ठाउँमा टिनको छाप्रामा गिटी कुटेर बस्छन् । अहिले ज्याला मजदुरी गर्न समेत नपाएर भोकै पर्ने अवस्थामा छन् ।

Comments

comments