व्यवसायिक बाख्रा तथा कुखुरा पालन तालिम

Goat Farming (4)

रसुवा, उत्तरगया गाउँपालिकामा ३ दिने व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न भयो । दिगो उद्यम तथा वातावरण विकास समाज (सिड्स) रसुवाको आयोजनामा तथा क्रिस्चियनएडको सहयोगमा ०७६ असोज १ देखि ३ गतेसम्म तालिम भयो ।Goat Farming (1)

तालिममा उत्तरगया गाउँपालिका वडा नं ४ र ५ का २६ महिला, ६ पुरुष गरी ३२ जना सहभागी थिए । ३ नं. प्रदेश पशु स्वास्थ्य तालिम बिभागका प्रमुख प्रशिक्षक  चिकित्सक डा. रामप्रकाश प्रधानले सहजिकरण गर्नुभएको थियो । स्थानीय महिलाहरूको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले तालिम आयोजना भएको दिगो उद्यम तथा वातावरण विकास समाज (सिड्स) रसुवाका नबराज थापा मगरले बताउनुभयो ।Goat Farming (3)

समापन कार्यक्रममा सहभागिहरूले तालिमबाट बाख्रापालन बारे सीप मुलक ज्ञान प्राप्त भएको सहभागिहरुले बताए । कार्यक्रममा उत्तरगया वडा नं ५ का वडा अध्यक्ष ईश्वर थापाले सिकेको सीप व्यवहारमा उतार्न र आय आर्जनमा बृद्धि गर्नुपर्ने बताउनुभयो । 70830702_2645781718847460_7536349741009862656_n

त्यसैगरी सिड्रस रसुवाकै अायाेजनामा  उत्तरगाया गाउँपालिका ४ मा ३ दिने व्यवसायिक कुखुरापालन तालिम सम्पन्न भएको छ । साे तालिममा २६ जना सहभागि रहेको सिड्स रसुवाका विजया तिवारीले बताउनुभयो । डा. रामप्रकाश प्रधानले सहजिकरणका क्रममा उत्तरगया गाउँपालिका ४ मा व्यवसायिक कुखुरापालन तालिम कसरी गर्ने, कुखुराका प्रजाति, राेग , राेगथाम तथा उपचार , खाेर व्यवस्थापन बारे सहजिकरण गर्नु भएकाे सिड्रस रसुवाका  सामुदायिक सहजकर्ता हिरादत्त पाैडेलले बताउनुभयाे ।  71272544_457177588339857_5065548015893217280_n

Comments

comments