शक्ति समूहको पहलमा भारतबाट सात महिला र बालिकाकाे उद्धार

Nepali-girls-rescued-from-Silchars-infamous-brothel

काठमाण्डाै,  लेन १४ को नामले परिचित (आसाम) सिलचरको कुख्यात वेश्यालयबाट शक्ति समूहको पहलमा सोमबार प्रहरीलेले सात नेपाली बेचविखन प्रभावितहरूकाे उद्धार गरेको छ ।

एउटै वेश्यालयबाट शक्ति समूहले सात महिला तथा किशोरीहरूलाई उद्धार गरेको हो । मानव बेचबिखन बिरूद्धकाे अभियानमा चिनिएकाे शक्ति समूह आइतबार सिलचर पुग्यो र क्याचर पुलिसको सहयोगमा सोमबार साँझ एउटा अपरेसन चलायो । उद्धार गरिएको सात बालिकामध्ये चार जना नाबालिग र तीन जना २० वर्ष मुनिका छन् । शक्ति समूह नेपालका कानून तथा तालिम संयोजक दिलीप कोइरालाले भन्रनुभयाे , ‘उद्धार गरिएको सात बालिकामध्ये चार जना नाबालिग र तीनजना २० वर्षभन्दा कम उमेरका छन्।’

संयोजक कोइरालाले भन्नुभयाे, ‘उनीहरूलाई वेश्यावृत्ति गर्न बाध्य पार्ने  महिला लक्ष्मी तामाङलाई पनि पक्राउ गरिएको छ र मुद्धा दर्ता समेत भैसकेको छ । ‘ उहाँले टेलिफाेनमार्फत बताउनुभयाे, ‘दूतावासलाई यी सात महिलाको बारेमा सूचित गरिएको छ र उनीहरूलाई मंगलबार सिलचरको अदालतमा पेश गरेपछि हामी उनीहरूलाई नेपाल फर्काउन सक्षम हुनेछौं।’

शक्ति समूह बेचविखन प्रभावित महिलाले सन् १९९६ मा भारतका बिभिन्न कोठिहरुबाट उद्धार भएर नेपाल फर्केपछि स्थापना भइ संचालन गरेको विश्वकै पहिलो संस्था हो । संस्थाले प्रभावित केन्द्रीत अवधारणाबाट मानव बेचविखन बिरुद्ध बिभिन्न तह र तप्कामा कार्य गरिरहेको शक्ति समूहका संस्थापक सदस्य तथा निमित्त कार्यकारी निर्देशक चरिमाया तामाङले जानकारी दिनुभयाे  ।

Comments

comments