शहरी विकास तथा भवन कार्यलयकाे उदघाटन

शहरी विकास तथा भवन निमार्ण विभाग, डिभिजन कार्यलय रसुवाको आज उद्धघाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दियोमा वत्ती वालेर रिवन काटेर भवनको उद्धघाटन गर्नुभएको हो ।

रसुवामा असोज १४ गते स्थापना भएको कार्यलयको वारेमा जानकारी दिनुहुदै इन्जिनियर वेदप्रसाद गौडेल विनाशकारी भुकम्पले भत्केका रसुवाका सरकारी भवन तथा व्यक्तिका घरहरू भुकम्प प्रतिरोधी वनाउनका लागि नँया योजनाका साथ स्थापना भएको कार्यालयले आगामी दिनमा कार्यलयले भवन निर्माण तथा प्राबिधिक सेवा दिने बताए ।

हाल दुई जना कर्मचारी मात्र रहेका छन । डिभिजन प्रमुख र एक जना इन्जिनियर मात्र रहेको कार्यलयले जानकारी दिएको छ । डिभिजन प्रमुख राजेन्द्र खतिवडाका अनुसार भुकम्पप्रतिरोधी भवन निमार्णका विभिन्न कार्यहरू गरिने छ ।

Comments

comments