रसुवा, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष, पदाधिकारी सहित १४ जना वन अभियानकर्मीहरुलाई शान्तिपूर्ण धर्नामा बसेको अवस्थामा आज विहान बलपूर्वक गिरफ्तार गरिएको घटना प्रति बिभिन्न जिल्ला महासंघ तथा मानवअधिकार एलाइन्स खेद प्रकट गर्दछ ।
सामुदायिक वन उपभोक्ता महासंघले १० वटा मागहरू राखेर समुदायको अधिकारलाई सुनिश्चित गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यसै सन्दर्भमा समुदायको अधिकार कटौती गर्ने गरी तयार गरिएको वन निमावली २०७८ को मसौदा, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर र वन पैदावार सदुपयोगमा लगाइएको प्रतिवन्धको विरुद्धमा वनअधिकार कर्मीहरुले माघ महिनाभर दोस्रो चरणको आन्दोलन गरिरहेको छ ।
जनस्वास्थ्यका मापदण्डहरुलाई ध्यानमा राख्दै पूर्व सूचना अनुसार नै माघ महिनाभर संघीय वन तथा वातारण, वन तथा सूसंरक्षण विभाग, प्रदेश मन्त्रालय अगाडि अभियानकर्मीहरु हरेक दिन १ घण्टा धर्नामा बस्दै आइरहेका छन् ।
मानवअधिकार एलाइन्स नागरिक र समुदायका अधिकारहरु सुनिश्चित गर्न गरिएका शान्तिपूर्ण अभियानहरुमा ऐक्यवद्धता जाहेर गर्दछ । साथै शान्तिपूर्ण संवादको माध्यमबाट सामुदायिक वन उपभोक्ता महासंघले राखेका मागहरुको सम्बोधन गर्न र आज विहान गिरफ्तार गरिएका सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष सहित सबै अभियानकर्मीहरूलाइ तत्काल निःशर्त रिहा गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । मानवअधिकार एलाइन्स , सामुदायिक वन उपभोक्ता महासंघ केन्दीय कार्यालय, जिल्ला महासंघ रसुवा लगायत धेरै जिल्ला महासंघहरूले शान्तिपूर्ण धर्नामा बसेको अवस्थामा बलपूर्वक गिरफ्तार गरिएको घटना प्रति घाेर निन्दा तथा भत्सर्ना गरिएकाे प्रेस बिज्ञप्तिमा उल्लेख छ।सामुदायिक वन अधिकारकर्मीको सरकारी दमन गिरफ्तार विरुद्ध रसुवाबाट प्रेस विज्ञप्ति-10.18
Related Posts
- जनताकाे विकास र सुरक्षामा हरहमेसा साथ दिने नेता ढकाल
- पञ्चायतकालदेखि गणतन्त्रसम्म पासाङबुट्टी घलेकाे राजनीतिक यात्रा
- द्वन्द्व पीडितहरूको न्यायको सुनिश्चिता गरः इन्सेक
- कृष्णसेन ‘ इच्छुक ’ स्मरण
- कोरोनाविरुद्ध यी पाँच काम गर्नुस् : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ सहित)
- कोइराला फाउन्डेसन रसुवाको भिडियो कन्फरेन्स सम्पन्न