शिक्षक संगठनमा शेर्पा

166020190_3680601268675481_7903500028564637777_o

नेपाल राष्ट्र्रिय शिक्षक संगठन जिल्ला समिती रसुवाको ११ औ जिल्ला अधिबेशनबाट माया शेर्पा (आङमाया ह्योल्मो) को अध्यक्षतामा  नयाँ नेतृत्व चयन भएकाे छ । संगठनकाे इतिहासमा पहिलाे पटक महिलाले नेतृत्व पाएकाे छ ।

 

166020190_3680601268675481_7903500028564637777_o

धुन्चेमा सम्पन्न ११ औ जिल्ला अबिधेशनबाट शिक्षक संगठनमा माया शेर्पा (आङमाया ह्योल्मो) को अध्यक्षतामा नयाँ कमिटीमा उपाध्यक्ष सुरेन्द्र गुरुङ, महिला उपाध्यक्ष अम्बिका कार्की, सचिव हरिशरण लामिछाने, सहसचिव डेजी पन्त , कोषाध्यक्ष नवराज घिमिरे, सह कोषाध्यक्षमा सुनिता नेपाली सदस्यहरुमा सपना तामाङ, सरस्वती थापा, बालकृष्ण भट्ट, बद्री पौडेल, लानाम घले, प्रकाश तामाङ, राजाराम शाह, गणेश नेपाली, लीलानाथ पौडेल रहेका छन् । महाधिबेशन प्रतिनिधीमा पार्वती खनाल, मोचनाथ न्यौपाने, राजन न्यौपाने रहेका छन् ।

 

त्यसैगरी मनोनित सदस्यहरूमा सुरज बिक, अनुप भट्ट, शिव पौडेल, मनोनित सदस्य ( सेवा निवृत्त ) मा झंकनाथ न्यौपाने, भरत  न्यौपाने, देकीछोमो तामाङ रहेका छन् ।  त्यस्तै गरी लेखा समिति संयोजकमा विष्णुप्रसाद न्यौपाने, सदस्यमा कविता न्यौपाने र निमारेन्जेन तामाङ तथा सल्लाहकार समितिमा रमेशकुमार लामिछाने, श्यामकुमार गुरुङ, चोपप्रसाद न्यौपाने, तेम्पारिसाङ घले, किपाछिरिङ तामाङ, ठाकुर मोक्तान, दावाछिरिङ लामा, उर्मिलालामा र सुदन मरासिनी रहेका संगठनले जनाएको छ ।

166182122_3680601442008797_4388958669928130481_o

Comments

comments