शिक्षा मन्त्री पाेखरेलद्वारा विद्यालय भवन उद्घाटन

received_819587238825593

रसुवा । मंसिर १३ गते । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आज कालिका गाउँपालिका–३ स्थित सुन्धारा माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । जाइका नेपाल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)को सहयोगमा निर्माण भएका ९ कोठे भवनको उद्घाटन मन्त्री पोखरेलले गर्नुभएको हो ।received_819587238825593

नवनिर्मित भवन उद्घाटन पछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भन्नुभयो, नेपालको शिक्षा प्रणाली अहिलेको कोभिड महामारीको कारण अस्तव्यवस्त हुन पुगेको छ । यसलाई सबै नेपाली भएर व्यवस्थित बनाउनु पर्छ । मन्त्री पोखरेलले भन्नुभयो, कोभिड-१९ ले के सिकायो भने शिक्षा लिने दिने कार्य भर्चुअल माध्यमबाट पनि गर्न सकिने रहेछ, यसैले शिक्षा मन्त्रालयबाट प्रत्येक विद्यार्थी र शिक्षकलाई प्रविधियुक्त सामग्री हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा गएको छ ।

सोही कार्यक्रमको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सुन्धारा मावि परिषरमा प्राविधिक शिक्षालय स्थापन गर्न सहयोग गर्नको लागि मात्र पत्र समेत पेश गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुँइकेल, प्रधानाध्यपक पूर्णचन्द्र भट्टराई र कालिका गाउँपालिका वडा नं. ३ का अध्यक्ष पुष्पराज न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । मन्त्री पोखरेलले माग पत्र बुझ्दै भन्नुभयो, प्राविधिक शिक्षालय स्थापना गर्नको लागि पहल लिने छु, आवश्यक प्रक्रिया पु¥याएर मन्त्रालय आउनुहोस् । उहाँले भन्नुभयो, नेपाल सरकार एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्ने योजनामा छ, हालसम्म ६०० भन्दा बढी स्थानीय तहमा प्राविधिक विद्यालय स्थापना भइसक्यो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुँदै जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले रसुवा जिल्लामा शिक्षा क्षेत्रको विकास गर्नको लागि शिक्षा मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउँनुभयो । उहाँले भन्नुभयो, रसुवा भूगोलमा छरिएको र विद्यार्थीहरूले दुःख गरेर पढ्ने बानीको विकास हुँदै गएको हुँदा गाउँ गाउँमा सुर्वशुलभ शिक्षा गराउन विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यसको लागि संघीय सरकारले सहयोग गर्नुपर्छ ।

कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीले भन्नुभयो, गाउँपालिकाले आफ्नै छुट्टै शिक्षा ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र शिक्षा प्रणाली व्यवस्थित गर्नको लागि अघि बढेका छौं । उहाँले भन्नुभयो, तर अन्य गाउँपालिका र नगरपालिकाले त्यस्तो शिक्षा नीतिहरू कायान्वयन नगरेको हुँदा आफूहरूलाई बनेको ऐन कानुन कार्यान्वयन गर्नको लागि पनि समस्या भइरहेको छ ।

मन्त्रीलाई शिक्षक महासंघ रसुवाको ज्ञापन पत्र :
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई शिक्षक महासंघ, नेपाल जिल्ला समिति रसुवाले माग पत्र पेश गरेको छ । आज कालिका गाउँपालिका वडा नं. ३ स्थित सुन्धारा माविको नवनिर्मित भवन निर्माणको क्रममा रसुवा आउनुभएका मन्त्री पोखरेललाई भेटी शिक्षक महासंघ रसुवाका अध्यक्ष मोचनाथ न्यौपानेलगायत पदाधिकारीले ७ बुँदे माग राखी ज्ञापन पेत्र पेश गरेका हुन् ।

कालिका क्याम्पसलाई जग्गा व्यवस्थापन गरिदिन मन्त्री समक्ष माग पत्र :
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई कालिका हिमालय क्याम्पसको व्यवस्थापन टिमले क्याम्पसको नाममा जग्गा उपलब्ध गराउनको लागि पहल गरिदिन माग पत्र पेश गरेको छ । आज कालिका हिमालय क्याम्पसमा आइपुग्नु भएका मन्त्री पोखरेललाई क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ घिमिरेले मात्र पत्र पेश गर्नुभएको हो । कालिका हिमालय क्याम्पस रसुवाको एक मात्र व्यवस्थित र सुविधा सम्पन्न बनाउने योजनाको साथ अघि बढेको अध्यक्ष मिघिरे बताउनुभयो, उहाँले भन्नुभयो, जिल्लाको केन्द्र भागमा रहेको विद्यालय भएको हुँदा यसलाई व्यवस्थित गरी शिक्षा सहज रुपमा लिने वातावरण बनाउनुपर्छ । क्याम्पसको लागि कालिका हिमालय माध्यमिक विद्यालयको नाममा रहेको जग्गाबाट ५ रोपनी जग्गा क्याम्पसको नाममा गराउन मन्त्री परिषद्को निर्णय आवश्यक हुने भएकाले विभागीय मन्त्री पोखरेललाई माग पत्र पेश गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

विद्यालयअवलोकन
कालिका गाउँपालिका ३ बेतिनीमा रहेको बच्छलादेवी आधारभुत विद्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले अवलोकन गर्नुभएको छ । शनिवार रसुवा आउनुभएका मन्त्री पोखरेलले उक्त विद्यालयमा पुगी त्यहाँ नयाँ आधुनिक प्रविधिको माध्यमबाट गरिएको पठन पाठन र प्रविधिको प्रयोग बारेको अवलोकन गर्नुभएको हो । विद्यालयका प्राधानाध्यापक नारायण देवकोटाले प्रविधिको प्रयोग कसरी गरिन्छ भन्ने बारेमा डेमो  देखाउनुभएको थियो ।

बच्छलादेवि आधारभूत विद्यालयले प्रत्येक कक्षा कोठामा प्रोजेक्टर जडान गरी इन्टरनेटको उपयोग गरी विद्यार्थीहरूलाई प्रविधि उपकरणको उपयोग सिकाई सहजता र सरलताको लागि व्यवस्थित शिक्षा प्रणाली सुरुवात गरेको छ ।

Comments

comments