रसुवा, कालिका गाउँपालिका वडा नं. ४ भदाैरेका १३ वर्षीय शुवास पाैडेलकाे नाककाे अप्रेसन गर्नुपर्ने भएकाेले उपचार खर्च जुटाइदिनका लागि सहयाेगकाे अपिल गरेका छन् ।
विगत ८ वर्षदेखि नाककाे भित्री भागमा हड्डी बाङ्गाे भएर समस्या भएकाे र अप्रेसन चाँढै गर्नुपर्ने भएकाेले उपचार खर्च अभाव भएकाेले सहयाेगका लागि दावबीर महानुभाव समक्ष अपिल गरिएकाे पीडितकी आमा लक्ष्मी पाैडेलले बताउनुभयाे ।
कमजाेर आर्थिक अवस्थाका कारण उपचार गर्न समस्या परेकाे छ । १३ वर्षदेखि बाबु बेपत्ता भएकाेले घरखर्च चलाउन समेत कठिन रहेकाे बालक शुवासकाे उपचारका लागि सहयाेग जुटाउन रेडियाे लाङटाङले भिडियाे सेयर गरेपछि केरूङमा रहेका मजदुरहरू तथा स्थानीयले पनि सहयाेगका लागि केही रकम जुटेकाे छ भने अम्बिका पौडेल नेपालले शुवास पौडेल उपचार खर्चमा जुटाउ अभियानमार्फत सामाजिक संजालबाट प्रचार गरी सहयाेग जुटिरहेकाे छ ।