शैक्षिक एवम् सरसफाइका सामग्री वितरण

स्वास्थ्यकर्मी युनियन (2)

रसुवा , राष्ट्रिय स्वास्थ्यकर्मी संघले आफ्नो चौधौं वार्षिक दिवसकाे अवसरमा बेसहारा बालबालिकालाई  एक कार्यक्रमकाबीच शैक्षिक एवम् सरसफाइका सामग्री वितरण भएकाे  छ । स्वास्थ्यकर्मी युनियन (4)

आमाछाेदिङ्माे गाउँपालिका -४ गाेल्जुङ्म अवस्थित असशाय बालबालिकाे संरक्षणका लागि सञ्चालित छामकाङ च्यारिटेवल संस्थामा रहेका १० जनालाई शैक्षिक सामग्री वितरण गरिएकाे नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघ रसुवाका सचिव विमलकुमार घिमिरेले जानकारी दिए ।स्वास्थ्यकर्मी युनियन (3)

कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष कर्नेल तामाङकाे प्रमुख आतिथ्यमा एक कार्यक्रमका सम्पन्न भएको हो । कापी, सीसाकलमलगायत शैक्षिक सामग्री र सरसफाईका लागि मञ्जन, ब्रस, सावुन, रूमाल जस्ता विविध सरसफाइ सामग्रीहरू वितरण गरिएकाे हो । कार्यक्रममा स्वास्थ्यकर्मीहरूले बालबालिकाहरूलाई हात धुने शारिरिक सरसफाईकाे महत्वका बारेमा समेत चेतना अभिवृद्वि गराइएकाे संघका जिल्ला अध्यक्ष बलराम न्याैपानेले जानकारी दिए ।

गाउँपालिकाका उपाध्यक्ष नबिना तामाङले हिमाली जिल्ला रसुवाकाे उत्तरी भेगका सहारा विहीन बालबालिकालाई संरक्षण गर्न खाेलिएकाे स्वास्थ्यकर्मी संघले गरेकाे सहयाेगका लागि धन्यवाद दिदै उनले भनीन्  यस्ता सहयाेगी हात निरन्तर अगाडि बढ्नेमा आशावादी भएकाे बताउनुभयाे ।  स्वास्थ्यकर्मी युनियन (1)

Comments

comments