शैक्षिक तथा स्काउटिङ्ग अवलोकन भ्रमण सम्पन्न

Scouttor

नेपाल स्काउट, जिल्ला स्काउट रसुवाको आयोजनामा ०७५ बैशाख ५ देखि ८ गतेसम्म सुन्दर पर्यटकिय नगरी पोखरा र ऐतिहासिक गोरखा मनकामनाको शैक्षिक तथा स्काउटिङ्ग अवलोकन भ्रमण सम्पन्न भएको छ ।

जिल्ला स्काउटका पदाधिकारी, स्काउटर र स्काउट गरी ३२ जनाको सहभागिता रहेको थियो ।  उक्त कार्यक्रममा स्काउट तथा स्काउटरहरुको पोखराका विभिन्न धार्मिक तथा पर्यटकिय एवं शैक्षिक स्थानहरुको अवलोकन भ्रमण गरेको थियो जसमा, वेगनाश र फेवाताल, गुप्तेश्वर, चमेरे र महेन्द्र गुफा, पातले छागो, विश्व शान्ति स्तुपा, सेती खोँच, ऐनाको सुरुङ्ग, आकाशगंगा गोलघर, अन्तर्राष्ट्रिय हिमाली संग्राहलय, हिमाल सम्वन्धि वृत्तचित्र, अन्तरिक्ष सम्वन्धि वृत्तचित्रपोखराको आकाशको तत्कालको अवस्था, सैनिक आवासिय विद्यालयको अवलोकन र ट्रुप भिजिट, नवप्रभात मा।वि।को भ्रमण र अवलोकन भएको थियो ।

यसै कार्यक्रमको दौरान स्वदेशी तथा विदेशी स्काउट, स्काउटरसंगको परिचय आदान प्रदानले कार्यक्रमलाई अझ रोचक बनाएको थियो । यसै कार्यक्रममा भ्रमण दलले गोरखाको ऐतिहासिक तथा धार्मिक स्थल मनकामना माताको दर्शन र पुजाको साथ साथै मन्दिर परिसरको सरसफाई पनि सम्पन्न गरेको थियो । वेगनाशताल र फेवाताल, गुप्तेश्वर गुफा, चमेरेगुफा र महेन्द्र गुफा, पातले छागो, विश्व शान्ति स्तुपा, सेती खोँच, ऐनाको सुरुङ्ग,आकाशगंगा गोलघर, अन्तर्राष्ट्रिय हिमाली संग्राहलय, हिमाल सम्वन्धि वृत्तचित्र, अन्तरिक्ष र आकाशगंगा सम्वन्धि वृत्तचित्र,पोखराको आकाशको तत्कालको अवस्था, सराङ्गकोट डाँडा र सूर्योयदको अवलोकन, माछापुच्छ्रेलगायत हिमश्रृंखलाहरुको अवलोकन, सैनिक आवासिय विद्यालयको अवलोकन र ट्रुप भिजिट, नवप्रभात मा।वि।को भ्रमण र अवलोकन, तालवाराही र विन्दवासिनी देवीको दर्शन र पूजा, व्यापारिक स्थानहरुमा घुमघाम समेत भएको थियो ।  यस बाहेक गोरखा मनकामना, ठाउँ ठाउँमा आकस्मिक क्रियाकलाप ,  घाँसीकुवाको र भानुभक्त स्मारक पार्कको अवलोकन, प्रदेश नं ४ को शैक्षिक तालिम केन्द्रमा संचालन भै रहेको स्काउट तालिमको अवलोकन, गरिएको जिल्ला आयुक्त श्याम पुडासैनीले जानकारी दिनुभयो ।Scout

Comments

comments