शैक्षिक सामाग्री बितरण

Koria

रसुवा , रमाइलोसंगै सामाजिक सेवा पनि गर्दै आइरहेको समूह नमस्ते ग्रुप द कोरियाले प्राकृतिक प्रकोप भूकम्प  प्रभावित हिमाली जिल्ला रसुवाका दुईवटा विद्यालयमा शैक्षिक सामाग्री  बितरण गरेका छन् ।

वाल विकासदेखि कक्षा ५ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री (ब्याग, कापी ,पेन्सिल) बितरण गरेको छ। कालिका हिमालय माध्यामिक विद्यालय  कालिकास्थानमा वालविकासदेखि कक्षा ५ सम्मका १ सय १८ जना शिलादेवी अाधारभूत विद्यालय धैबुङ-६ धैबुङकोटका ५९ जना वितरण कार्यक्रमका क्रममा क्रमशः कालिका विद्यालयमा ब्यबस्थापन समितिका अध्यक्ष  प्रभाकर घिमिरे, वडा अध्यक्ष बिक्रम लामा,प्रधानाध्यापक आशा आङ्वोहाङलगायत सम्पूर्ण शिक्षक शिक्षिका , स्थानीय ब्यक्तित्वहरु , अभिभावकहरुको सहयोगमा बितरण कार्यक्रम सम्पन्न गरिएको थियो। विद्यालयमा विद्यालयमा ब्यबस्थापन समितीका सदस्य लेखतबहदुर न्यौपाने, प्रधानाध्यापक जीवप्रसाद न्यौपानेलगायत   अभिभावकहरु नमस्ते ग्रुप द कोरियाका प्रतिनिधि गौरव न्यौपाने दिपक पौडेल ,साथै सहयोगी युवाहरु सुशील भारती र दिपेन्द्र न्यौपानेको विशेष सहयोगमा १ सय ७७ जना विद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण गरिएको रसुवा कालिका गाउँपालिका -२ का स्थायी बासिन्दा नमस्ते ग्रुप द कोरियाका सक्रिय ब्यक्तित्व गौरव न्यौपानेले जानकारी दिए ।

Comments

comments