रसुवा, असोज ११ गते । नौकुण्ड गाउँपालिका–६ स¥स्युँ गाउँमा सञ्चालित खानेपानी अनियमितता भएको जनगुनासो छ । योजना सम्पन्न नहुँदै अन्तिम भुक्तानी लिएको वर्ष वित्दापनि धारा नबनेको, उपभोक्तासँग उठाएको रकम गायव भएपछि स्थानीय आक्रोशित समेत भएका हुन् ।
पोलोखर्क मुहान गरी दारघारी–स¥स्युँ खानेपानी योजना नौकुण्ड गाउँपालिका–६ स¥स्युँ गाउँमा खानेपानी आपूर्तिका लागि ३५ लाख रुपियाँको लागतमा सञ्चालन भएको थियो । योजनाको रकम सकियो पानी आएन । योजना पूरा नगरी उपभोक्ता समितिले अलपत्र पारेको स्थानीय पूर्णबहादुर तामाङले बताउँनुभयो ।
मुल लाइन खनेर पाइप बिच्याएपनि बितरण लाइन र घरघरमा धारा निर्माण समेत नगरेको स्थानीयको आरोप छ । यो योजनाका लागि फनबोर्डको सहयोगमा परिवर्तन नेपालले प्राबिधिक तथा सामाजिक परिचालन गरेको थियो । परिवर्नत नेपालका तत्कालिन प्राविधिक अधिकृत ज्ञानबहादुर तामाङले भन्नुभयो हामीले उपभोक्ताले काम सम्पन्न भयो भनेपछि भुक्तानी दिन सिफारिस गरेका हौ । स्थानीय तहले पनि सिफारिस गरेको छ ।
२० हजार लिटरको रिर्जभ ट्याङकी बनेको छ । केही समय ढिला गरेर भएपनि सम्पन्न गरेर संस्था फर्केकोले परिवर्तन नेपालका तत्कालिन कार्यक्रम संयोजक दानबहादुर रावलले बताउँनुभयो । खानेपानी योजनामा अनियमितता भएको गुनासो आएको नौकुण्ड–६ का वडा अध्यक्ष धर्मबहादुर थोक्राले बताउँनुभयो । हामी आउनुअघि सुरु भएको र काम पूरा नगरेको भन्ने सुनियो । आधिकारिक रुपमा समन्वय नभएको र समितिले उपभोक्ताहरुसँग पनि रकम उठाएको र वितरण लाइन तथा धारा नबनेको पाइपपनि नपाएको विषयमा उजुरी वडा कार्यालयमा आएपछि छलफल गराएको थोक्राले बताउनुभयो । “छलफलबाट समितिले उपभोक्तालाई रकम फिर्ता सहमति भएपनि के भएको बारे आफुले बुझ्न बाँकी रहेको” उहाँले भन्नुभयो ।
योजना ०७५ साल साउनमा सम्पन्न भयो भनेपछि फनबोर्डले रकम भुक्तनी गरेको तामाङले बताउँनुभयो । स्थानीयले १८ महिनामा सक्नुपर्ने काम २० महिना लगाएकोले पहिले नै सकिएकोले उपभोक्ता समितिको खातामा रकम भुक्तानी पठाएको हो तामाङले भन्नुभयो । मर्मत संभार कोषमा ३ प्रतिसत, २.५प्रतिसत उपभोक्ताले उठाउनु पर्ने फनबोर्डको नियम छ । कुल जनश्रम १७.५ प्रतिसत लगाउनुपर्ने थियो ।
स्थानीय नुर्पु तामाङले भन्नुभयो “यहाँ ३२ वटा धारा तयार हुनपर्नेमा ६ वटाभन्दा धारा बनेको छैन । बितरण लाइनका लागि पाइप नै छैन । आफ्नो घर नजिकै धारामा पाइप पनि नदिएपछि अर्को मुहानबाट पानी ल्याएर हालको समस्या टारेको उहाँले बताउनुभयो । उपभोक्ता समितिले अनियमितता गरेको हो । गाउँलेसँग प्रतिधुरी १ हजार पाँचसयका दरले धरौटीका लागि भनेर उपभोक्ता समितिले उठाएको थियो । उहाँले भन्नुभयो “संस्थाले सहयोग गरेको ३५ लाख रुपियाँको आयोजना सम्पन्न भएन उपभोक्तासँग रकम उठाएको कहाँ गयो ।”
गाउँमा योजना सम्पन्न भएर पानी पाउनुपर्ने तर लागत इष्टिमेट पनि नदेखाएको उपभोक्ताको गुनासो छ । केही समय काम गरेर आफुले नभ्यापछि काममा संलग्न नभएकोले सवै सूचना अध्यक्षसँग रहेको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर नेगीले बताउँनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष पासाङ नेगीले भन्नुभयो दातासँग भएको संझौता अनुरुप ९ लाख ७० हजार रुपियाँ बराबरको उपभोक्ताको जनश्रमदान जुट्नु पर्ने तर जुटेन त्यसले काम पूरा हुन नसकेको हो । उपभोक्तासँग १५ सय रुपियाँका दरले उठाएकोपनि उहाँले स्वीकार्नुभयो । केही उपभोक्तालाई रकम फिर्ता गरेको र केहीको फिर्ता गर्ने क्रममा रहेको तामाङले भन्नुभयो । काम धेरै बाँकी छैन हामी पूरा गछौं ।
अनियमितता भएको बारे जनगुनासो आएकोले सो खानेपानी योजनाको यर्थाथ सार्वजनिक गर्ने नौकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताउँनुभयो । याेजनामा उपभाेक्ता समितिले अनियमितता गरेकाे, याेजना सम्पन्न गरेकाे भने पनि सार्वजिनक सुनुवाइ समेत नगरेकाे गुनासाे गरेका छन् । स्थनीय सरकार तथा सराेकारवालासँग समन्वय नगरेकोले समस्या आएको समेत स्होथानीयकाे अाराेप छ ।
तस्वीर : गाउँदेखि साँढे चार किमी टाढा रहेको पोलोखर्क–दारघारी–स¥स्युँ खानेपानी योजनाको मुहान र इन्टेक ।