रसुवामा कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूमा कोरोना नसरेको पुष्टि भएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमण देखिएका १८ जनाको सम्पर्कमा आएकाहरूको कन्टयाक ट्रेसिङ गरेर स्वाव संकलन गरेर प्रयोगशाला पठाइएको थियो ।
रिर्पोट आएकाहरूमा कोरोना सरेको नदेखिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । स्याफ्रुबेसीका १५, धुन्चेका ९ र जीवजीवेका १९ जनाको रिर्पोट आएकोमा सबै जनाको रिर्पोट नेगेटिभ आएको हो । यसअघि उत्तरगयामा गरिएको कन्टयाक ट्रेसिङ गरेर पठाइएकाहरूको पनि रिर्पोट नेगेटिभ नै आएको थियो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण क्रमिक रूपमा समुदायस्तरमा फैलिँदै गएको र रसुवा जिल्लामा पनि कोरोना भाइरसको संक्रमित देखिन थालेपछि गाउँपालिकाहरूले संक्रमितको सम्पर्क आएका व्यक्ति, जनप्रतिनिधि, कर्मचारी, व्यापारी, पत्रकारलगायत अग्रभागमा रहेर काम गर्ने व्यक्तिको नमुना संकलन गरी परीक्षण भएकाे स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउनुभयाे ।
जिल्लमा हालसम्म ७ सय १० वटा पिसिअार भएकाे छ । जसमा हालसम्म १८ वटा पाेजेटिभ रिपाेर्ट अाएकाे छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेपनि धेरै ठाउँमा पिसिअार भइरहेकाे छ । यस अघि स्वाव संकलन गरेर प्रयोगशाला पठाइएका मध्ये रिपाेर्ट अाउन बाँकी रहेकाे कार्यालयले जनाएकाे छ ।
Related Posts
- कोरोना संक्रमण ६८ हजार ६ सय ६८ जनामा, ५ सय ७८ जनाको मृत्यु
- रसुवा सहित सात जिल्ला कोरोना संक्रमण मुक्त
- नेपालमा आज ७ सय ४३ जनामा कोरोना कुल ३२ हजार नाघ्याे
- बन्दाबन्दीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्य राहत नपाएको गुनासो
- नेपालमा हालसम्म १ सय ३७ जना कोरोना संक्रमितको मृत्यु
- रसुवामा थप एक जना संक्रमित भेटिए