संबिधान बारे अनुशिक्षण कार्यक्रम सम्पन्न

kalikasthan aanus (1)

Kalikasthan (2)कालिकास्थान । रसुवा
जनताको संबिधान जनताकै माझमा नेपालको संबिधान २०७२ विषयक अनुशिक्षण कार्यक्रम ०७२ पुस १८ गते कालिका हिमालय क्याम्पसमा सम्पन्न भयो ।

जिल्ला विकास समितिकने आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी सांसद जनार्दन ढकालले आफुले विनाशकारी भूकम्पमा होस् वा राम्चेको दुर्घटनामा उद्दारको काममा मरिमेटेर खटेको बताउनुभयो ।

नेपालको संबिधानमा नागरिक हक अधिकार रक्षाका निमित्त प्रसस्त अधिकार भएको बताउँदै समय सापेक्ष संबिधान संसोधन हुने बताउनुभयो । मुलुकमा बिधोरध मात्र नभई सकरात्मक प्रतिपक्षको आवश्यक परेकोले बिपक्ष र बिरोधको लाईनमा उभिएर संबिधान कार्यान्वयनमा सवैले सहयोग गर्न आवश्यक रहेको बताउँनुभयो । kalikasthan aanus (1) kalikasthan aanus (2) kalikasthan aanus (3)

जिल्लाका बिभिन्न क्षेत्रबाट सभामा नागरिकहरूको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि ढकालले नयाँ
संबिधानको सन्दर्भमा रहेका भ्रम र यथार्थ, संबिधानका बिशेषताहरूको , संबिधानबादको दृष्टिमा नेपालको संबिधान, कानुनको शासनको दृष्टिमा नेपालको संबिधान, राजनीतिक संबिधानबाद, नेपालको संबिधानमा शक्तिको पृथकीकरण र सन्तुलन,कार्यपालिका र व्यबस्थापिका तथा न्यायपालिका नियन्त्रण र सन्तुलन , संबिधानले आत्मसाथ गरेको संघिय संरचना, नेपालको संबिधानमा संघियरप़ादेशिकर स्थानीयको अधिकार र अबस्था , समाबेशिकरण र नेपालको संबिधान ,‎अन्य‬ देशको तुलनामा नेपालको संबिधान, संबिधानबादले गरेका केहि नबिन व्यबस्था संबन्धि , .राष्ट्रिय हितको परिभाषा, . गैरआवासीय नागरिकता मौलिक हक ,  अबिश्वासको प्रस्ताब र बैकल्पिक प़धानमन्त्री ,मन्त्रीपरिषदको अधिकतम संख्या निर्वाचनमा पराजित व्यक्ति मन्त्री हुन नपाउने आदि लगायतका बिषयमा आफ्नो स्पष्ट धारणाराख्नु भएको थियो ।Kalikasthan (1)

संबिधान बारे अनुशिक्षण गर्दै ढकालले ब्यक्ति, पार्टी सरकार बिरोधी गतिबिधीले कसैलाई पनि हित नगर्ने बताउँदै आफुले सदैव जिल्लावासीको हक, हित र अधिकार रक्षाका जस्तोसुकै परिस्थिती मा पनि लडिरहेको र लागिरहेको बताउँनुभयो । बिपक्षीहरुले लगाएका लाञ्छनाका भ्रममा नपर्न पनि सांसद ढकालले अनुरोध गर्नुभयो ।

कार्यक्रममा सांसद छोवाङ तामाङ, प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल, नेकपा एमालेका अध्यक्ष कन्र्याल तामाङ, नेपाली काँग्रेसका युवा नेता जनकजीवन उपाध्याय , एनेकपा माओवादीका मेघनाथ घिमिरे, नेकपाका शिब लामिछाने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङल, जिल्ला ईन्जिनियर मलनमोहनलाल श्रेष्ठगायतका बक्ताले आफ्नो धारणा ब्यक्त गरेका थिए ।

Comments

comments