उत्तरगयामा संयुक्त अनुगमन सम्पन्न

120195514_2655001901482384_4790535124491228668_o

रसुवा, सामुदायिक विकास केन्द्रले रसुवाकाे उत्तरगया गाउँपालिकाकाे वडा नं ४ र ५ मा सराेकारवालाहरूले संयुक्त अनुगमन गरेका छन्।

जिल्ला समन्वय समितिरसुवाका प्रमुख कुलप्रसाद भट्ट, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, सामुदायिक विकास केन्द्र नेपालका नारायणप्रसाद नेपाल, वडा अध्यक्षहरू,   कार्डसन नेपालका पदम उप्रेती , आशा परियोजनाका लय उप्रेतीलगायत स्थानीय सराेकारवालाहरू अनुगमनमा सहभागी थिए ।120195514_2655001901482384_4790535124491228668_o

सहभागीहरूले संस्थाले गरेकाे कामहरूकाे अनुगमन गरेका थिए । दलित, गरिव तथा असहाय किसानहरूकाे जिवीकाेपार्जनका लागि बाख्रा, कुखुरा पालन, बंगुर पालन सहयाेग गरेकाे परिवारले राहत महसुस गरेकाे बताए । ०७२ काे विनाशकारी भूकम्पका कारण नीजि आवास पुननिर्माण गर्न नसकेका अपाङ्ता भएका , असहाय, गरिवलाइ संस्थाले अनुदान सहयाेग गरेकाे कारण  आवास निर्माण सम्पन्न गरेकाे लाभग्राहीहरूले बताए ।  अनुगमनकाे क्रममा बाेगटीटार र मनिगाउँमा रहेका क्यारेन्टिनहरूमा पनि टाेली पुगेकाे थियाे  । अनुगमनकाे क्रममा कर्मीडाँडा स्वास्थ्य चाैकीमा भएकाे छलफल कार्यक्रममा पारस्परिक जवाफदेहीता परियाेजनाबाट राजु आचार्य, काेभिड -१९ परियाेजनाका पर्वत डंगाेल, आशा परियोजनाका लयप्रसाद उप्रेतीले परियाेजनाकाे गतिबिधी तथा उपलब्धि बारे जानकारी दिनुभयाे । उत्तरगया गाउँपािलकाकाे वडा नं ४  का वडा अध्यक्ष केशरबहादुर बुलुन, सामुदायिक विकास केन्द्र नेपाल नारायण नेपाल, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, जिल्ला समन्वय समितिरसुवाका प्रमुख कुलप्रसाद भट्टलगायत आफ्नाे धारणा राख्नुभयाे । 120335194_2655001688149072_3043963751571181387_o

Comments

comments