संयुक्त लाल पुर्जा अभियान

IMG_2408

कालिकास्थान, रसुवा
जिल्ला भूमिअधिकार मञ्चको आयोेजनामा संयुक्त पुर्जा बनाएका छन् । आफ्नो स्वामित्वको सम्पत्तीमा महिलाको अधिकार दिलाउने रसुवामा जिल्ला भूमिअधिकार मञ्चको अभियान अन्तर्गत २६ जोडी किसानले संयुक्त लालपुर्जा बनाका छन् ।

जग्गाधनी प्रमाण पुर्जा (लाल पुर्जा) सहित भूमिघरमामा आएका कृषकहरूले जिल्ला भूमि अधिकार मञ्चले संयुक्त पुर्जा निर्माण गर्ने शिविरको आयोजना गरेको थियो । उक्त शिविरमा उनीहरूले खुसीसाथ संयुक्त पुर्जा निर्माण गरे । हाल एकल स्वामित्वमा रहेको घरजग्गा, आजदेखि नै दोहोरो (पति पत्नीको नाममा) स्वामित्व कायम गराएकाहुन् ।

बैशाख १२ र २९ गते गएको विनासकारी भुकम्प र त्यसपछि गएका पराकम्पनहरूले मनमा अझै शान्ति छैन । घर भत्के पनि जनजीवन सामान्य भई सकेको छैन तर पनि उत्साह छ , बस्ने बासको टुङ्गो लागेको छैन । वर्षात्ले छोपिसक्यो । धेरै जसो परिवार अझसम्म पनि त्रिपाल मुनीनै दिन–रात विताइरहेको छन् । यसअघि असोज मिनामा पनि धैबुङ्ग र लहरेपौवा गाविसका ५२ जोडी किसानले भने संयुक्त निकै उत्साहका साथ भुमि अधिकारको अभियानले लालपुर्जा निर्माण गरी आफुसँग भएको जमिनको पति पत्नीले बराबरी स्वामित्व कायम गरेका थिए अभियानकर्मी सुष्मा न्यौपानेले बतान् महिला पुरुषहरूलाई संयुक्त पुजाबरे छलफल गरेपछि समूदाय अग्रसर हुने गरेको छ । यो अभियानले निरन्तरता पाइरहने छ ।
जिल्ला भूमिअधिकार मञ्चको कार्यालय भूमिघर कालिकास्थानमा संयुक्त लालपुर्जा निर्माण शिविर आयोजन भयो । विपत्तिको बेला पनि फिल्डमै मालपोत कार्यालयले आएर सेवा दिएकोमा खुसी थिए । संयुक्त जग्गाधनी पुर्जा बनाउन पाएकोमा अति नै खुसी भएकी लहरेपौवा गाविस ६ का दलबहादुर वाइवाले बताए ।
‘जग्गा÷जमिनमा संयुक्त जग्गाधनी प्रमाणपूर्जा निर्माण गरेपछि महिला–पूरुषको सम्पत्तीमा बराबरी स्वामित्व हुन्छ । कसैले एक्लै बेचविखन वा भोगचलन पनि गर्न पाउँदैन, त्यसैले खुसीसाथ पति पत्नीको नाममा संयुक्त पुर्जा बनायौं । यसअघि लहरेपौवा गाविस– ९ उपल्लोपौवाका चन्द्रनाथ घिमिरेले संयुक्त पुर्जा निर्माण गरेपछि समाजमा सकरात्मक सन्देश जाने बताए । भूकम्पमा परेर घाईते भएका धैबुङ्ग गाविस –४ कटुन्जेकी बोदकुमारी खतिवडाले समेत जिल्ला भूमि अधिकार मञ्चले आयोजना शिविरमा संयुक्त लालपुर्जा बनाउने कार्यक्रममा सहभागि भईन् । भूमिमा महिला–पुरुषको बराबरी स्वामित्व कायम गराएका छन् । यस अघिको अभियानमा पनि रसुवामा २ सय जोडिले संयुक्त पुर्जा निर्माण गरिसकेका छन् ।

आत्मनिर्भर केन्द्रको सहयोमा जिल्ला भूमि अधिकार मञ्चले सञ्चालन गरिरहेको संयुक्त लालपुर्जा निर्माण अभियान भुकम्पपछि सहज होला भन्ने लागेको थिएन, तर यस्तो परिस्थितीमा लक्ष्य भन्दा भन्दापनि धेरै जोडी सहभागी भई संयुक्त लालपुर्जा निर्माण गरेकोमा खुसी लागेको जिल्ला भूमि अधिकार मञ्च रसुवाकी अध्यक्ष चित्रकुमारी न्यौपानेले बताइन् ।

Comments

comments