संरक्षण अभावमा दुई सय पचास वर्ष पूरानो मल्लकालीन दरबार भग्नावशेषमा परिणत

103802973_290914295378407_7834672182748873649_n

सरस्वती न्याैपाने

रसुवा, यहाँका विभिन्न ऐतिहासिक पुरातात्विक संस्कृतिको , मठमन्दिर, गुम्बा सांस्कृतिकको धरोहर छन्  । करिब दुई सय पचास वर्ष पूरानो मल्लकालीन मन्दिर र दरबार यहाँ रहेका छन् ।

आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङबेशीमा रहेका यो दरबार अहिले भग्नावशेष अवस्थामा रहेको छ । पछिल्लो यो स्थानीय सरकारलाई न वास्ता छ, न सम्बन्धित निकायलाई नै यसको संरक्षण गर्न आवश्यक छ । यो केवल अहिले जीर्णाेदार अवस्थामा रहेको छ । पाटनको अन्तिम राजा जयप्रकाश मल्ललाई पृथ्वीनारायण शाहले हराएपछि उनका उतराधिकारी आफ्नो केही जनतालाई लिएर ज्यान जोगाउँदै  गोल्जुङवेशीमा राज्य खडा गर्न आएको उल्लेखित इतिहासमा छ । आमाछोदिङमो गाउँपालिका-४ गोल्जुङबेशी निवासी स्थानीय बोर्डिङ संचालक बालकृष्ण श्रेष्ठले सो स्थानमा रहेको पीपलको रुखमुनी नारायणको मुर्ति रहेको बताए । उनले त्यसबेला त्यहाँ नेवारको बस्ती रहेको अनुमान लगाउन सकिने बताए ।103802973_290914295378407_7834672182748873649_n

लुकेर राज्य गरेको हुँदा राजाहरूले आफ्नो बास्तविक नाम लुकाएर गोल्जुङबेशीमा राजाहरुले आफ्नो नाम लुकाएर गुल्मराजा र जोङगाङको राजाले उमराजा राखेको थियो । तर आफुलाई मल्ल राजा भनि परिचय नदिएको अवस्था रहेको थियो । यहाँ पाटनबाट श्रेष्ठ, कायश्थ जोशी, प्रधान, आदी घरका नेवार रहेका छन भने ती राजाले आफ्नो कुल पुजा गर्न नारायण भगवानको मुर्ति स्थापना गरेको भाई रहेको छ । गोल्जुङवेशीमा बस्दा पनि आफ्नो कुल धर्म छोड्न हुदैन भनेर नारायणको मुर्ति स्थापना गरेर पुजापाठ गर्ने गरेको र यस ठाउँमा राज गरेको भन्ने इतिहासमा उल्लेख छ । यहाँ दुई भाई राजाको दरबार थिए । एक भाई गोल्जुङवेशी भन्दा करिव ३ किलोमिटर दुरीमा पर्ने जोङगाङ भन्ने डाँडामा दरबार बनाएर बसेका थिए । स्थानीय भाषामा ‘जोङ’ भनेको दरबार र ‘गाङ’ भनेको डाँडा हो । त्यसैले यसलाई दरबार डाँडा भनेर चिनिन्छ । यहाँ पृथ्वीनारायण शाहलाई आक्रमण गरी दुई भाइलाई नै मारेर भएभरको सम्पत्ती लुटेर लगेको धेरै नेवारहरूलाई सम्हार गरेको भन्ने भनाई रहेको बुढापाकाहरू बताउँछन् ।

१९९० सालको भूकम्पले यो दरबार र मन्दिर भत्किएको छ, श्रेष्ठले भने दरबारको जग्गाहरू व्यक्तिको नाममा ल्याइसक्यो । घले राजाको दरबार भनिसकेपछि यस्तो ऐतिहासिक पुरातात्विक आस्थाको धरोहर लोप हुने अवस्था आएपछि प्रचार प्रसारको अभाव भएकाे उनको भनाई थियो । यहाँ राजधानीबाट सानो तथा ठूलो गाडीमा सजिलै एकदिनमा नै पुग्न सकिन्छ । गुमनाम रहेका ठाउँहरु जिल्लाभित्र धेरे छन्, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् । यस्ता पुरातात्विक धरोहराको खोजी र संरक्षण गर्न जरुरी छ, उनले भने, दरबारको पुननिर्माणको लागि पुरातत्व बिभागको ध्यानाकार्षण गर्नु जरूरी छ । उतिबेलाको मल्लकालिन दरबार थियो । अहिले भग्नावशेष मात्र रहेको छ । गणेश तथा भीमशेनको मन्दिर रहेको छ । नारायणको मन्दिरलगायत नागको थान समेत रहेको पवित्र भूभागलाई संरक्षण र संबद्र्धन गर्न स्थानीय सरकारले चासाे दिनुपर्ने स्थानीय बताउछन् । अझ यस स्थानको विस्तृत जानकारीको लागि बालकृष्ण श्रेष्ठसँगको कुराकानीमा सबै इतिहास आउने स्थानीयको भनाइ थियो ।

यस स्थानको संरक्षणमा स्थानीय सरकारको मूख्य भूमिका रहनुपर्ने बताउँदै रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सन्जीव अमात्यले आफ्नो पनि सक्दो सहयोग रहने बताए । यो ठाउँ एकदमै गुमनाम छ । कमभन्दा कम मानिसलाई यहाँकाे अवस्था र महत्व बारे थाहा छ । उचित प्रचार प्रसारको अभावमा ओझेलमा रहेको यस नारायण मन्दिर र दरबारको संरक्षण गरेर आफ्नो सांस्कृतिक धरोहरा जोगाउन सबै क्षेत्रहरूबाट लागिपर्नु आजको आवश्यकता हो । स्थानीय सरकारले ओझेलमा रहेका यस्ता पुराना स्थानको संरक्षण गरी प्रचारप्रसार गरे आन्तरिक तथा बाह्य पर्यटकले लागि नयाँ पर्यटकी गन्तब्य बन्न सक्नेछन् । इतिहास मेटिदैन गएपछि आस्था र अस्तित्व मेटिदै जान्छ । त्यसैले यस्ता पर्यटकीय सम्भावन युक्त स्थानकाे संरक्षण गर्नुपर्ने सराेकारवालाहरू बताउछन् ।  ऐतिहासिक, धार्मिक भौगोलिक एवम् प्राकृतिक महत्व बोकेको यस ठाउँ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । पर्यटकीय हिसावले पनि यहाँका प्राकृतिक सौन्दर्य रहेका छन् । रमणीय  ठाउँ भेषभूषा र रैथाने भाषा संस्कृति पनि निकै महत्वपूर्ण रहेको छ ।

Comments

comments