संविधानबारे अनुशिक्षण

2785_1071480819549483_8348634397233596582_n

विश्वास नेपाली
१० पुस, रसुवा । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोग तथा स्थानीय शान्ति समिति रसुवाको आयोजनामा शुक्रबार रसुवा भोर्ले– ४ सस्र्युमा नेपालको संविधान २०७२ बारे अनुशिक्षण कार्यक्रम भयो । अनुशिक्षण कार्यक्रममा रसुवा जिल्लाका सांसद् द्वय जनार्दन ढकाल, छोवाङतेन्जिन तामाङ, स्थानीय शान्ति समितिका संयोजक लामाकार्पू तामाङ र प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालको संविधान २०७२ मा भएको व्यवस्थाबारे उपस्थित जनसमुदायलाई अनुशिक्षण गराउनुभयो ।

भोर्ले गाविस ४ सस्र्युको गोसाईकुण्ड माविको प्राङ्गगणमा भएको अनुशिक्षण कार्यक्रममा दक्षिणी रसुवाका राम्चे, धैबुङ, भोर्ले, यार्सा र सरमथली गाविसका करिव ४ सय मानिसहरु सहभागी भएका थिए ।

कार्यक्रममा रसुवाबाट प्रत्यक्ष निर्वाचित सासंद् जनार्दन ढकालले नयाँ संविधानमा रहेको अन्तरवस्तु, त्यसको प्रावधान, अहिलेको जल्दोबल्दो सवाल, स्थानीय विकास निर्माणमा भइरहेको प्रयास र आगामी योजनाबारे आफ्नो भनाई राख्नुभएको थियो । सांसद् ढकालले संविधान विश्वकै उत्कृष्ट बनेकाले कुनै पनि भ्रम पर्ने नभई राम्रोसँग संविधान अध्ययन गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा अर्का सासंद् छोवाङ तेन्जिन तामाङले तामाङ भाषाबाट मन्तव्य राख्दै संविधानमा भएको प्रावधानबारे बुझाउने प्रयास गर्नुभएको थियो ।10464333_1071480942882804_4987422740095009712_n यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संविधानको व्यवस्थाबारे संक्षेपमा जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरु नेपाली काँग्रेसका जनकजीवन उपाध्याय, एमालेका विजय तामाङ र एमाओवादीका इन्द्र गोतामले संविधान सभाबाट जारी भएको नेपालको संविधान उत्कृष्ट र राम्रो भएकाले यसलाई सबैले आत्मसाथ गरी अघि बढ्न आवश्यक रहेको बताए । साथै नेताहरुले संविधानबारे कुनै पनि भ्रममा नर्पन र यसबारे घरघरमा जानकारी गराउन सबैलाई आव्हान पनि गर्नुभएको
छ ।

तस्वीरहरू  सांसद् जनार्दन ढकालको फेसबुकबाट

Comments

comments