संविधान मानवअधिकार मैत्री रहेकोले कार्यान्वयनमा जोड दिन आग्रह

Photo kk (1)

रसुवा । ०७२ पुस ११ गते

संबिधान बारे अनुशिक्षण रसुवाको तीन स्थानमा सम्पन्न भएको छ । स्याफ्रु, भोर्ले र ठुलोगाउँमा जिल्ला स्तरिय शान्ति समितिको आयोजनामा अनुशिक्षण भएको जिल्ला शान्ति समितिले जनाएको छ ।  नेपालको संविधन मानवअधिकार मैत्री रहेको भन्दै कार्यान्यवन पक्षमा जोड् दिनुपर्ने सरोकारवालाहरूले जोड दिनएका छन् । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको सहयोग तथा स्थानीय शान्ति समितिको आयोजनामा रसुवाको भोर्ले गाविस स्थित सर्स्युमा पुस १० गते आयोजित नेपालको जारी संविधान २०७२ सम्बन्धी अनुशिक्षण कार्यक्रममा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् । 
 
कार्यक्रममा रसुवाबाट प्रत्यक्ष निर्वाचित सासंद जनार्दन ढकालले नयाँ संविधानमा रहेको अन्तरवस्तु, त्यसको प्रावधान, अहिलेको जल्दोबल्दो सवाल, स्थानीय विकास निर्माणमा भइरहेको प्रयास र आगामी योजनाबारे आफ्नो भनाई राखेका थिए । सांसद ढकालले विश्वकै उत्कृष्ट संविधान बनेकोले कुनै पनि भ्रममा नपरी संविधानको अध्ययन गर्न सबैलाई आग्रह गरे ।  अर्का सासंद् छोवाङ तेन्जिन तामाङले संविधानमा भएको प्रावधान बारे जानकारी गराए थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संविधानको व्यवस्थाबारे संक्षेपमा जानकारी दिएका थिए ।  
 
कार्यक्रममा काङ्ग्रेसका जनकजीवन उपाध्याय, एमालेका बिजय तामाङ र एमाओवादीका इन्द्र गोतामले संविधान सभाबाट जारी भएको नेपालको संविधान उत्कृष्ट भएकाले यसलाई सबैले आत्मसाथ गरी कर्यान्वयन गर्नु पर्नेमा जोड दिए । साथै उनीहरूले संविधानबारे कुनै पनि भ्रममा नर्पन र यसबारे घरघरमा जानकारी गराउन सबैलाई आव्हान गरे ।   संविधान सभाबाट संविधान जारी गरे पश्चात देखिएको अन्यौतालाई संविधानको मुख्य विषय बस्तु स्थानीय स्तरसम्म नपुगेको भन्दै देशमा देखिएको अन्यौललाई समाप्त गर्न सरकारले चालेको एक महिने अभियान कार्यक्रम अर्न्तर्गत रसुवामा पनि अनुशिक्षण कार्यक्रम सुरु गरिएको हो ।   सार्वभौमसत्ता र जनताको मौलिक हक बाहेक अन्य विषयहरू दुई तिहाई मतबाट संविधानका बिबादित विषयहरू संशोधन गर्न सकिने सभासद द्वय सहभागीहरूको तर्क थियो ।  
 
संविधान मानवअधिकारमैत्री रहेपनि कार्यान्वयन पक्ष जटिल रहेकोले तत्काल लिखित कुरा ब्यवहारमा लागु गर्न अन्य सरोकारवालाहरूले जोड् दिएका थिए । संविधानको कार्यान्वयनमा देखिएको चुनौति, संघीयता अनुसारका प्रदेशहरू कसरी बिभाजित हुन्छन् भन्ने विषयमा स्पष्ट नभएको बताएका थिए ।   भोर्ले गाविस३ सर्स्र्युको गोसाईकुण्ड माविको प्राङ्गणमा भएको अनुशिक्षण कार्यक्रममा दक्षिणी रसुवाका राम्चे, धैबुङ, भोर्ले, यार्सा सरमथली गाविसका करिव ४ सय भन्दा बढी स्थानीयको सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा रसुवाका राजनीतिक दलका नेताहरू, पत्रकार अधिकारकर्मी, ब्यापारी, समाजसेवी वुद्धिजिविको उपस्थिति रहेको थियो ।

Comments

comments