संविधान संशोधन विधेयक संसदमा दर्ता

Samsad-Sankalpa-650

२० असोज, काठमाडौं । मधेसी मोर्चासहितका आन्दोलनकारीको माग सम्बोधन गर्न सरकारले संविधान संशोधन विधेयक संसद सचिवालय दर्ता गरेको छ ।

कानूनमन्त्री नरहरि आचार्यले बुधबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका हुन् । सरकारले समानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणबारे मधेसी मोर्चा लगायतको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

विधेयकको तयारी गर्ने जिम्मा कानून मन्त्रालयलाई दिइएको थियो ।

Comments

comments