सडकको अवस्था अत्यन्त नाजुक काममा ढिलाइ तामाङ

Hitbahadur

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हितबहादुर तामाङले काठमाडौँदेखि नुवाकोटहुँदै रसुवा जोड्ने सडकको अवस्था अत्यन्त नाजुक भएको भन्दै तत्काल काम अगाडी बढाउन माग गर्नुभयाे ।

संघीय संसद् बैठकको शुन्य समयमा बोल्दै सांसद तामाङले सडक स्तरोउन्नतीको काममा ढिलासुस्तीहुँदा रसुवा र नुवाकोट जिल्लाका नागरिकले अनावश्यक दु:ख पाएकोले  तत्काल काम अघि बढाउन आग्रह गर्नुभयाे ।

सांसद तामाङले राज्य, ठेकेदार कम्पनी र सम्बन्धित निकायको कमजोरीका कारण बालाजु-रानीपौवा-त्रिशूली सडक र टोखा-गुर्जेभञ्ज्याङ -छहरे सडकको काम अलपत्र परेको बताउँदै ठेकेदार कम्पनीको चरम लापर्वाहीका कारण लामो समय बितिसक्दा समेत बालाजु-रानीपौवा-त्रिशूली सडकखण्डको स्तरोउन्नतीको काम सम्पन्न हुन् नसकेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयाे ।

टोखा-छहरे-त्रिशुली सडकको अवस्था झन् नाजुक रहेको बताउदै उहाँले  भन्नुभयाे  ‘कुनैबेला राष्ट्रिय चर्चा नै पाएको टोखा-गुर्जेभञ्ज्याङ-छहरे सडक खण्डको झोरदेखि काठमाडौँसम्मको खण्ड अत्यन्त दुरावस्था छ, विगतदेखि नै निर्माण कार्य जुन गतिमा हुनुपर्थ्यो त्यसो हुन् सकेन, जसका कारण रसुवा नुवाकोटका जनताले अनाहकमा दु:ख पाइरहेका छन् ।’

गुर्जेभञ्ज्याङदेखि छहरेसम्मको खण्ड झन् दयनीय अवस्थामा रहेको बताउँदै सांसद तामाङले  सो खण्डको स्तरोन्नतीका लागि अर्थमन्त्रीसंग बिशेष आग्रह गरेर तीन करोड रुपैयाँ बजेट निकासा गर्ने व्यवस्था मिलाएको भए पनि कर्मचारीको ढिलासुस्तीका कारण बजेट निकासा नभएको  उहाँले बताउनुभयाे ।

०६७ जेठ ३० गते अर्थमन्त्री डा. युवराज खतिवडा रसुवा आउनु भएकाे थियाे । भ्रमणकाे क्रममा  रसुवागढी नाकामा भन्सार कार्यालय शुरक्षा चाैकीकाे  शिलान्यास गर्दै अर्थमन्त्री डा.खतिवडाले गल्छी, त्रिशूली, रसुवागढी सडकखण्डको स्तरोन्नती र नाैकुण्ड खानेपानी याेजनालाइ  प्राथमिकता दिएको बताउनुभएकाे थियो ।

Comments

comments