रसुवा, पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएकोमा पहिरो हटाई यातायात पूर्ण रुपमा सुचारु भएको छ । गोसाईकुण्ड गाउँपालिका -५ स्याफ्रू स्थित पासाङल्हामु (धुन्चे – स्याफ्रूवेशी – टिमुरे) सडक खण्डमा सडक माथिबाट ठूला ढुङ्गा सहित सुख्खा पहिरो आई सडक पूर्ण रुपमा अवरोध भएको थियाे ।
सडक माथिबाट सुख्खा पहिरो आएर सडक अवरोध भएकोमा धुन्चे–स्याफ्रु सडक खण्डको चिलिमे जलविद्युत् केन्द्र नजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको हो । शनिबार राति गएको पहिरो पन्छाउने काम भएकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरोले ठूलाठूला ढुंगा सडकमा ल्याएर थुपारेको कारण सडक खुलाउन ढिलाइ भएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । सडक अवरुद्ध भएपछि काठमाडौं जान लागेका तथा रसुवागढी लगायतका माथिल्लो क्षेत्रतर्फ जाने सवारी बीच बाटोमा नै रोकिएका थिए ।
Related Posts
- रेडपाण्डा समेत चोरी सिकारीका आराेपि का फरार प्रतिवादी
- विद्यालय छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना
- नि:शुल्क आँखा शिविरबाट ६८ जनाकाे आँखा जाँच तथा औषधि उपचार
- भूमि सम्बन्धी समस्या समाधान आयोगले काम थाल्यो, सवै स्थानीय तहमा अभिमूखिकरण सम्पन्न
- संयुक्त अनुगमन सम्पन्न
- उत्तरगया धर्मिक क्षेत्रकाे विकासका लागि भारतिय अधिकार भेटघाट