सडक निर्माण सुरू

langtang 3

रसुवा, नेपालकै प्रसिद्द  पर्यटकीय क्षेत्र लाङटाङ जान सहजताका लागि  सडक निर्माणको काम सुरु भएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–३ खाम्जिङदेखि लाङटाङको थाङस्यापसम्म जोड्ने कृषि सडकको निर्माण सुरु भएकाे हो।

जिल्लाको पाँचवटा गाउँपलिकाको २७ वडा मध्ये २६ वटा वडा सडक सञ्जालले जोडिसकेको छ। चालु आर्थिक वर्षमा गोसाईकुण्ड गाउँपालिका–४ को वडा कार्यालयले छुट्याएको २५ लाख, संसद विकास कोषको २५ लाख तथा प्रदेश सरकारको ५० लाख रुपैयाँ गरी एक करोड रुपैयाँको लागतमा  सडक निर्माण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष कैसाङनूर्पु तामाङले बताए। उक्त सडक खाम्जिङहुँदै  शेर्पागाउँ, लामा होटल, घोडा ्तबेलाहुँदै थाङस्यापसम्म  निमार्ण गरिने बताइएको छ। सडककोे दूरी २५ किलोमिटर रहेको छ। सडक निर्माणका लागि उपभोक्ता समितिमार्फत काम सुरु गरिएको गोसाईकुण्ड गाउँपालिका–४ का वडाअध्यक्ष सुप्पा तामाङले बताए।

पर्यटकीय क्षाेत्र लाङटाङ र क्यान्जिन क्षेत्रबाट एक दर्जन हिमशृंखला देख्न सकिन्छ। छ सय सय ३० वर्ष पुरानो क्यान्जिन गुम्बा र नेपालको पहिलो चीज उत्पादन केन्द्र  पुननिर्माण भएकाे छ ।

Comments

comments