‘सप्तकुण्ड’ साप्ताहिक प्रकाशन सुरु

SapKunda weekly issue 1.pmd

रसुवा, जेठ १९ – रसुवाबाट आजदेखि ‘सप्तकुण्ड’ साप्ताहिक को प्रकाशन सुरु भएको छ । जिल्लामा छापा माध्यम नरहेको अवस्थामा जिल्लामा क्रियाशिल पत्रकारहरुले पत्रिकाको प्रकाशन सुरु गरेका हुन् ।

जिल्लामा छापामाध्यम नहुँदा जिल्लाका गतिविधि समेट्न नसकेको कारण जिल्लामा पत्रिकाको प्रकाशन सुरु गरिएको पत्रिकाका प्रवन्ध निर्देशक दिपक लामाले बताए । पत्रिकाको प्रकाशक कर्मु तामाङ र सम्पादक जयराम आचार्य रहेका छन् । जिल्लामा छापाखाना नहुनु , बिज्ञापनकाे सानाे बजार  र व्यवस्थापनका कारण  यस अघि रसुवा खबर साप्ताहिक , नयाँ प्रबाह र रसुवाली अावाज त्रैमासिक प्रकाशन हुँदै अाएकाेमा हाल बन्द छन् ।

विकासमुखी अवधारणाका साथ शुरु गरिएको पत्रिकामा खोज एवंम अनुसन्धानात्मक समाचार , लेख लगायतसामग्रीहरुलाई विशेष प्राथमिकता दिइने पत्रिकाका प्रवन्ध निर्देशक लामाले बताए । जिल्ला प्रशासन कार्यालयमा सप्तकुण्ड साप्ताहिक सहित ११ वटा पत्रिका दर्ता भएका मध्ये प्रकाशन अारम्भ नभएका भएका पनि बन्द छन् ।

जिल्लामा  दर्ता भएर प्रकाशन थालेका पत्रिकामध्ये यसअघि नयाँ प्रवाह चौमासिक, रसुवाली आवाज चौमासिक र रसुवा खबर साप्ताहिक बन्द भइसकेका छन् । रातो हिमाल द्धैमासिक साहित्यिक एंव वैचारिक पत्रिका भने काठमाण्डाैबाट प्रकाशन भएकाे छ । जिल्लामा अहिले तीन वटा सामूदायिक रेडियो र ६ वटा अनलाइन मिडिया सञ्चालनमा रहेका छन् ।

Comments

comments