समन्वय नगरी प्राधिकरणले काम अघि बढायाे , स्थानीय अाक्राेस

135625397_1968605926610461_1230350772873556106_n

नेपाल  विद्युत प्राधिकरणले स्थानीय तह र सराेकारवालासँग समन्वय नगरी काम अघि बढाएकाे प्रति नागरिकले गुनासाे गरेका छन् ।

प्राधिकरणले  कालिका गाउँपालिका २ मा ३३ केभी प्रशारणकाे सव स्टेशन निर्माणकाे विषयमा सार्वजनिक सुनुवाइमा समयमा नगरेकाे र सराेकारवालालाइ सूचना नदिएकाे गुनासाे गरे । प्राधिकरणले अायाेजना गरकाे सार्वजनिक सुनुवाइमा सहभागी सराेकारवालाहरूले सराेकारवालाहरूसँग समन्वय नगरी काम अघि बढाएकाे र वातावरणीय समस्या पर्ने तथा जग्गा व्यवस्थापनमा पनि ध्यान नदिएकाे गुनासाे गरे । सहभागी जनप्रतिनिधी र उपस्थितले समस्या राखेपछि अायाेजकहरूले चित्त बुझ्दाे जवाफ नदिइकन कार्यक्रम सकेर हिडेकाे सहभागीहरूले बताए । सार्वजनिक सुनुवाइमा सवैकाे तालि पड्कने अाशा गरेकाे अायाेजकमाथि स्थानीय अाक्राेशित भएपछि कार्यक्रम त्यसै अन्त्य भएकाे थियाे ।

Comments

comments