समाचार लेखेको आधारमा कसैलाई दण्डित हुँदैन : मन्त्री बाँस्कोटा

DSC_0247

रसुवा, बैशाख २८ गते । सरकारका प्रबक्ता एवम् संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले लोकतन्त्रमा सत्य, तथ्य समाचार लेखेकै आधारमा कसैलाई दण्डित गरिने कानूनी व्यवस्था नहुँने र भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो ।DSC_0215

उहाँले संचार क्षेत्रमा मौलाएको गलत संस्कृतिप्रति सवै सचेत हुनुपर्ने बताउँदै मिडियाहरू जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताउनुभयो । धुन्चेमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नं प्रदेशको भेला तथा गोसाईकुण्ड गाउँपालिका भ्रमण वर्ष २०१९ को कार्यक्रममा प्रमुख अतिथि मन्त्री बाँस्कोटाले सरकारले संबिधानको मर्म र भावना अनुरुप काम गर्ने तथा पत्रकारको न्युनतम पारिश्रमिक जसरी पनि लागू गरिने  बताउँदै समानुपातिक बिज्ञापन नीतिले मिडियाहरू सुरक्षित हुने बताउनुभयो ।DSC_0212

कार्यक्रममा नेपाल पत्रकार महासंघ रसुवा शाखाले मन्त्री समक्ष बुझाएको मागपत्रका प्रति लक्षित गर्दै संसदमा दर्ता भएको नयाँ विधेयकका सम्बन्धमा यो विधेयक पत्रकार र मिडियाको आर्थिक पृष्ठभूमि बलियो बनाउन, हरेक पत्रकारहरूले न्युनतम पारिश्रमिक प्राप्त गर्ने स्थितिका लागि संसदमा पेस भएको हुँदा सरोकारवालाहरूसँग आवश्यक सुझावको समेत अपेक्षा गरिएकोमा जोड् दिनुभयो । उहाँले नेपालको पत्रकारिता क्षेत्रको विकास र सुधारको लागि सञ्चार मन्त्रालयले पाँचवटा कानुन अगाडि बढाएको समेत बताउँदै सञ्चार माध्यमलाई आर्थिक रूपमा सक्षम बनाउन, न्यूनतम पारिश्रमिक अनिवार्य लागू गराउन, ठगीमाथि नियन्त्रण गर्न, मिडियालाई पारदर्शी बनाउन सरकार लागेकोले न्यूनतम पारिश्रमिक कुनै पनि हालतमा कानुनमा व्यवस्था भएअनुसार दिनुपर्ने बताउनुभयो ।DSC_0278

ठूलो माछाले सानो माछा निल्ने प्रयास बिरुद्ध पहिलो पटक समानुपातिक विज्ञापन नीति ल्याउन लागेको र मिडिया सानो र ठूलो नहुँने समेत कार्यक्रममा मन्त्री बाँस्कोटाले जोडदिनुभएको थियो ।
कार्यक्रममा फोनिजका महासचिव मनोज घर्तिमगरलगायत बक्ताहरुले बदलि‌‍दो समयमा प्रेस प्रतिको सरकारको आधिकारीक धारणा स्पष्ट हुनुपर्नेमा जोडदिएका थिए भने नेकपा केन्द्रीय नेता सूर्य थापा, एकोराव अन्यक्ष सुवास खतिवडाले प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य प्रेमबहादुर तामाङ, गाेसाँइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकाय प्रमुख कार्यालय प्रमुख, पत्रकारहरु, नागरिक समाज, नेकपाका नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नमूना एभरग्रिन आवासीय विद्यालय प्राङ्गण भएको कार्यक्रममा विद्यार्थीहरूले साँस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने नेपाल शन्ति स्काउटले स्वागत गरेका थिए ।

DSC_0247

मन्त्री बाँस्कोटाले आजै स्याफ्रुमा गाउँपालिका स्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गरी रसुवागढीनाका, रसुवागढी चिलिमे जलविद्युत केन्द्रको समेत अवलोकन गर्नुभएको थियो ।

तस्वीरहरू

DSC_0215

मागपत्र पेस गर्दै नेपाल पत्रकार महासङ्घ जिल्ला अध्यक्ष हेमनाथ खतिवडा
DSC_0237

 

पत्रकार कमल तामाङलाइ सम्मान गर्दै

 

 

 

 

 

 

 

Comments

comments