समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की

56947182_2341790046107823_3263025884726034432_n

रसुवा , पुस २ गते । अष्ट्रेलियाकी एक बालिका बलत्कार प्रयासको समाचार लेखेको विषयमा आरोपितका परिवारले कालिका गाउँपालिका -२ की २५ वर्षीया नेपाल पत्रकार महासंघ रसुवाका महिला उपाध्यक्ष तथा क्रियाशील पत्रकार महिलाका अध्यक्ष अनु आचार्यलाई ०७६ पुस १ गते मार्ने धम्की दिए ।

नयाँ पत्रिका दैनिक र रेडियो रसुवामा कार्यरत पत्रकार आचार्यले मंगलबार लेखेको समाचारको आधारमा कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारी तथा उनको परिवारका सदस्यहरुले फोनबाट धम्की दिएको पत्रकार आचार्यले बताउनुभयो । एक १२ वर्षीया विदेशी बालिकालाई ०७६ मंसिर २८ गते कालिका गाउँपालिका –२ का २९ वर्षीय सुनिल पौडेलले कालिका गाउँपालिका –२ स्थित फनफनकाली होटल नजिक जंगलमा घुम्ने क्रममा बलत्कार प्रयास तथा दुर्यवहार गरेको घटनाको समाचार लेखेको विषयमा अपशब्दले गाली गरे ।

गाउँपालिका अध्यक्ष जस्तो ब्यक्तिबाट ‘त पत्रकार होस् पत्रुकार होस् र बलत्कारी बनाउने त नै होस् लगायतका शब्दले गाली गलैज गरेको आयार्यले बताउनुभयो । त्यस्तै उनका भाई रमेश पौडेलले कतारबाट टेलिफोन गरेर जे पनि गर्न सक्छु भन्ने धम्की दिएका छन् । ‘बलत्कारी बनाउने त को होस्, लोभलालचमा किन समाचार लेखिस्, हामीलाई किन बदनाम बनाईस्, चाहे भने तलाई जे पनि गर्न सक्छु भन्दै मार्ने धम्की दिएको आचार्यले भन्नुभयो । आरोपितको पत्नी, आमा र गाउँपालिका अध्यक्षको छोरीले समेत फोनमा धम्क्याएका थिए ।

आचार्यले मंगलबार बिदेशी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ शिर्षकमा समाचार लेखेकी थिइन् । बिदेशी बालिका माथी जबरजस्ती करणीमा सुनिल पौडेल पक्राउ परेकाे समाचार बिभिन्न संचार माध्यममा आएको थियो । लगातार फोन गरी अपशब्द बोल्दै चाहे भने जुन सुकै बेला जे पनि गर्न सक्ने भन्दै धम्की दिएको आचार्यले बताउनुभयो ।

आरोपितका अर्का दाजु अष्ट्रिलिया निवासी रत्नप्रसाद पौडेलसँग घुम्न आएको र आफैले घुमाउन लगेको समयमा जवरजस्ती संवेदनशील अंगमा समातेर बलत्कार प्रयास गरेको भन्दै पीडितले दिएको जाहेरीका आधारमा धुन्चेबाट आएको प्रहरीले पक्राउ गरेको थियो ।
पीडितले आफुमाथि दुर्व्यवहार भएको भन्दै जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरी जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

comments