समाधान खोजौं

Hem pp

हेमनाथ खतिवडा
दिनहुँ बन्द, हड्तालले रसुवा सदरमुकाममा तनव अन्त्य भएको छैन शनिबार जिल्ला विकास समितिको आयोजनामा स्थानीय निकायको पुर्नं संरचना बार छलफल गर्न सर्वदलिय बैठक बस्दै गरेको अवस्थामा धुन्चेका स्थानीयले नेताहरुमाथि आक्रमण गरे पछि तनावको सुरुवात भएको हो ।

धुन्चेलाई कुन गाउँ पालिका वा नगर पालिकमा समेटने भन्ने बारे छलफल प्रसस्त भएको छैन । धुन्चेका अगुवा वा नागरिकहरुको आवाज के हो पहिले सुनेर कता समेटने भन्ने विषयमा निर्णय हुन आवश्यक छ । धुन्चे, स्याफ्रु र कालिकास्थानमा भएको सिमांकन बारेको छलफलमा धुन्चेको आवाज गुन्जिन सकेन । तीनै स्थानमा भएका कार्यक्रममा सक्रिय सहभागिता र आवाज नआउनु आफैमा गम्भीर कुरा थियो । त्यसै गाविसमा सांसद छोवाङतेन्जिन तामाङ पनि उपस्थित हुन भएन ।

स्थानीय विकास अधिकारीका अनुसार त्यस दिन सवैकुरा टुङ्ग्याउने गरी बैठकको आयोजना हुन लागेको पनि होईन । स्थानीय निकाय पुर्न संरचना जस्तो संवेदशील विषय हल्का रुपमा छलफल नगरी टुङ्गयाउने विषय पनि होईन । धुन्चे , राम्चे, धैबुङ्ग र अन्य गाविस समेत जोडेर नगरपालिकाको पनि संभव छ । किनकी सदरमुकाम भएकोले यहाँ जनसंख्याको यतिनै हुनु पर्छ भन्ने हुन्न । उत्तरी क्षेत्रमा जोडेर वा ो क्षेत्रमा जोडेर पनि गाउँ पालिका बनाउन सकिन्छ । छुट्टै गाउँ पलिकाको लागि भने पक्कै पनि आयोगको मापदण्ड भित्र पर्दैन होला । जिल्लाको सुरक्षा निकायले पनि नागरिक समाज अधिकारकर्मीहरुले यस्तो अवस्थमा समन्वय गर्न आवश्यक छ ।

अबको विकल्पको रुपमा बन्द हड्ताल , आक्रमण, प्रबेष निषेधले कुनै समाधान निकाल्न सक्तैन । समाजलाई अपराधको बाटोमा डो¥याउछ । बलिरहेको आगोमा तेल थपेर रमाउने होईन । समय सीमा सकियो वा चाँढै गरौं भन्नु भन्दा पनि पहिले तयारी गर्न आवश्यक छ धेरै जिल्लामा यस्तो विषयले विवादको रुप लिएको छ । हतारमा गल्ती गरेर पछि पछुताउने कुरा होईन कि भावी पुस्ताले पनि नमुनाका रुपमा लिने गरी आज सोचेर काम गर्न आवश्यक छ ।

त्यसैले अन्तत हामी सवैलाई नकरात्मक पाठ सिकाई रहेको हुन्छ । यस्ता कार्य मन नपरे पनि सामाजिक संजालमा जथाभावि पोष्ट गरेर हैन हामी सवैले आफ्ना धारणा राखेर समस्याको समाधान खोज्नेतर्फ सोच्न जरुरी छ ।

Comments

comments