समृद्ध गाउँ पालिका मेरो सपना : भवानीप्रसाद न्यौपाने

Bhawani Dai - 3

भवानीप्रसाद न्यौपाने

कालिका गाउँपालिका– ३ कटुञ्जेका भवानीप्रसाद न्यौपाने अनुभवी नेता मानिन्छन् । आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उनी उपाध्यक्ष पदको जित्न चुनावी मैदानमा छन् । जीवनको लामो समय राजनीतिक र सामाजिक सेवामा विताएका न्यौपाने कुशल नेतृत्वकर्ता र अनुभवी व्यक्ति हुन् । पाका उमेर (५७) का न्यौपाने आगामी गाउँ पालिकाको चिर्वाचनबाट आफू उपाध्यक्ष पदमा चिर्वाचित हुनेमा ढुक्क छन् । कालिका गाउँ पालिका ‘समृद्ध गाउँ पालिका’ बिनाउने उनको ठूलो सपना छ ।

लामो समय नेकपा एमालेको सक्रिय राजनीतिमा योगदान गरेका न्यौपाने कालिका गाउँ पालिकाको उपाध्यक्ष पदका दरिलो उम्मेदवार मानिएका छन् । उनी भन्छन्, कालिका गाउँ पालिकामा एमाले नेतृत्व सबैले चुनाव जित्ने पक्क छ । भन्छन्, एमालेबाट सबै वडाहरूमा दरिलो उम्मेदवारहरू भिड्दै छन् । उनी आफूमात्र नभई सिङ्गो नेकपा एमालेका उम्मेदवार जिताउनको लागि यतिबेला चुनाव मैदानमा होमिएका
छन् ।जीवनको लामो समय राजनीतिक जीवन विताएका न्यौपाने आफ्नो कार्यकालमा धेरै जनतालाई सहयोग, समाज सेवा र विकास निर्माणमा समेत योगदान पु¥याएका कारण जनताबाट रुचाइएकामा पर्छन् ।

एमालेले चुनाव जितेपछि हरेक गाउँ गाउँमा सडक सञ्जाल विस्तारमा जोड दिइनेछ, उनी भन्छन्, सडक सञ्चाल विकासको मुख्य आधार हो । प्रत्येक घरघरमा खानेपानी, विजुली, सोलार, घरघरमा इन्टरनेट र टेलिफोन सुविधा पु¥याउने खालका कार्यक्रम ल्याइनेछ । भूकम्प पीडित सबै जनतालाई भूकम्प प्रतिरोधी र सुरक्षित घर निर्माणलाई पहिलो प्राथमिकतामा राखी सहयोग गरिने छ ।

१९ वर्षपछि नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनबाट स्थानीय तहको समृद्धि हुने अपेक्षा सर्वत्र गरिएको छ । यस अघि वि.सं. २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा पनि साविकको धैबुङ गाविसबाट अत्यधिक मत ल्याई उपाध्यक्ष पदमा निर्वाचित भएका थिए, उनी । आफ्नो प्रतिस्पर्धिभन्दा दोव्वर मत ल्याई विजयी भएका थिए न्यौपाने । त्यतीमात्र होइन, यस अघि २ पटक वडा अध्यक्ष (वि.स.२०४३ र वि.स.२०४९) र २ पटक वडा सदस्य भई लामो समय जनसेवामा सर्मपित भएका एक अनुभवी व्यक्ति हुन्, न्यौपाने । लाभको पदमा बस्दा कुनै पनि आर्थिक प्रलोभनमा नपरेका र गुनासो समेत नपरेका उनले सदैव जनसेवा र जनताको हितलाई नै कल्याण ठानी सेवा गर्दै आएका छन् ।

सानैदेखि राजनीतिमा लाग्दै, वडा सदस्य हुँदै गाविसको कार्याबाहक अध्यक्षसमेत भई कुशल भूमिका निर्वाह गरिसकेका न्यौपानेले कालिका गाउँ पालिकाको उपाध्यक्षमा निर्वाचित गरिँदा यो कालिका गाउँ पालिकालाई समृद्ध बनाउन कुशल भूमिका खेल्ने सक्ने क्षमतामा उनमा भएको उनका प्रशसंकहरू बताउछन् । २०५४ सालमा उपाध्यक्ष निर्वाचित भएका उनी २०५६ बाट २०५९ सालसम्म कार्यबाहक अध्यक्षको भूमिका पनि रही कुशल नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको व्यक्ति हुन् उनी ।

उनी राजनीतिज्ञमात्र नभई एक कुशल अधिकारकर्मी पनि हुन् । लामो समय भूमि अधिकार अभियानको नेतृत्व गरेका न्यौपानेले धेरै किसानहरूलाई भूमिको अधिकार (पुर्जा) दिलाउनको लागि महत्वपूर्ण भूमिका खेलेका छन् । उनकै कार्यकालमा बिर्ता जग्गाको पुर्जा वितरण गरिएको थियो र बाँकी रहेको भूमि समस्या समाधानको लागि पनि न्यौपाने निरन्तर लागिरहेका छन् ।

जीवनको लामो समय राजनीतिक जीवन विताएका न्यौपाने आफ्नो कार्यकालमा धेरै जनतालाई सहयोग, समाज सेवा र विकास निर्माणमा समेत योगदान पु¥याएका कारण जनताबाट रुचाइएकामा पर्छन् ।

उनी, राजनीतिक रुपमा पनि खारिएका नेतामा गनिन्छन्, एमाले पार्टीको गाउँ कमिटि, भेगिय कमिटिको नेतृत्वदायी भूमिका निर्वाह गर्दै जिल्ला कमिटीमा २ कार्यकाल सदस्यको जिम्मेवारीमा रही हाल एमाले जिल्ला सचिवालय समितिको सक्रिय सदस्य हुन् । उनलाई नजिकबाट चिन्ने जनता तथा शुभेच्छुकहरू भन्छन्, भवानी न्यौपाने गाउँ पालिकामा निर्वाचित हुने निश्चित छ, भन्छन्, जनताबाट रुचाइएका नेता मध्ये उनी एक हुन् ।

उनको पार्टी नेकपा एमालेले कालिका गाउँ समृद्ध बनाउनको लागि समृद्धीको खाका पनि चुनावी अभियानसँगै ल्याएको छ, न्यौपाने भन्छन्, नेकपा एमाले जिम्मेवारी पार्टी हो, जनताको दुःख सुखको साथी हो, चाहे त्यो बालिबालिका हुन्, या पाका बाआमा । सबैको ढुकढुकीमा बस्न सफल पार्टी भएको हुँदा सबै जनताले सुर्यमा मत दिई चुनाव जिताउनमा हामी ढुक्क छौं । न्यौपाने भन्छन्, एमालेले चुनाव जितेपछि हरेक गाउँ गाउँमा सडक सञ्जाल विस्तारमा जोड दिइनेछ, उनी भन्छन्, सडक सञ्चाल विकासको मुख्य आधार हो । प्रत्येक घरघरमा खानेपानी, विजुली, सोलार, घरघरमा इन्टरनेट र टेलिफोन सुविधा पु¥याउने खालका कार्यक्रम ल्याइनेछ । भूकम्प पीडित सबै जनतालाई भूकम्प प्रतिरोधी र सुरक्षित घर निर्माणलाई पहिलो प्राथमिकतामा राखी सहयोग गरिनेछ ।

प्रत्येक वडाहरूमा सुविधा सम्पन्न विद्यालय सञ्चालनमा ल्याई गाउँ पालिकालाई सतप्रतिशत साक्षर बनाउनको लागि कार्यक्रमहरू ल्याइनेछन्, बिर्ता जग्गाको तत्काल उन्मुलन गरिनेछ, साना किसान र भूमिहीन किसानहरूलाई उपर्युक्त जग्गा र बसोबासको व्यवस्थापन गरिनेछ । उनी भन्छन्, हामी सबै विकास जनतासँग मिलेर योजना बनाउँछौं, जनताको चाहना र आवश्यकताअनुसारको विकासमा जोड दिनेछौं, हाम्रो सपना भनेको समृद्ध, सुखी र आत्मनिर्भर समाज निर्माणमा हो र ५ वर्षभित्र यो गरेर हामी देखाउनेछौं, हामीले अहिले नै त्यसको खाका (योजना) तयार गरिसकेका छौं ।

जीवनको पुरै समय समाज र जनसेवामा विताएका न्यौपाने आफ्नो बाँकी जीवन पनि जनताको सेवा गरेरै विताउँने बताउछन्, भन्छन्, ‘समृद्ध, सम्पन्न र आत्मनिर्भर समाज निर्माण’ मेरो सपना हो । यसको लागि म सधैं जनतासँग हुनेछ र रहनेछु, र म जनता पनि मसँग पक्कै हनेछन्, हातेमालो गर्नेछन्, भन्ने मैले विश्वास लिएको छु । र त मलाई विश्वास छ, सबै जनताले मलाई अमुल्य मत दिनेछन्, सुनिश्चित छ ।

(भवानीप्रसाद न्यौपानेसँग गरिएको कुराकानीको आधारमा तयार गरिएको ।)

Comments

comments