सम्झनामा भीमदत्त

Nari Ram lohar

नरीराम लोहार

किसान राज भीमदत्तको सपना थियो । जय किसान नारा । भूमिको सही वितरण, कृषिको उचित व्यवस्थापन र किसानको हितमा योजना निर्माण उनको लक्ष्य थियो । त्यही लक्ष्य प्राप्तिका लागि गरेका थिए किसान आन्दोलन । ग्रामीण किसानलाई सङ्गठित गर्नु, अन्यायका विरुद्ध सङ्घर्ष गर्नु, शोषकहरूलाई दण्ड दिनु र गरिबका पक्षमा जागरण ल्याउनु उनको अभियान थियो । त्यसैले भीमदत्तलाई सर्वसाधारण नागरिकले आफ्नो आदर्श मान्थे र उनको अभियानमा लामबद्ध हुन्थे । उनको नाममा जय÷जयकारको नारा लगाउँथे ।Bhimdatta Panta sahid

भीमदत्तमा दीर्घकालीन सोच र परिवर्तनको भोक थियो । त्यसकारण उनले समस्या समाधानको उपयुक्त विकल्प भूमि व्यवस्थापन र परिवर्तनका प्रमुख सम्वाहक किसानलाई प्राथमिकतामा राखे । त्यसैलाई क्रान्तिको मुख्य मुद्दा बनाए । जुन मुद्दा उनको जीवनकालमा मात्र सीमित रहेन । परिवर्तनका पक्षधर शक्ति, सङ्गठनहरूले अहिले पनि उठाइरहेका छन् । भीमदत्त पन्तलाई आफ्नो आदर्श मानिरहेका छन् ।

भीमदत्त पन्त, न्याय र समानताका लागि आदर्श त थिए नै । साहसिक निर्णय लिन सक्ने सक्षम नेता तथा सामाजिक रूपान्तरणका अभियन्ता पनि थिए । उनले छोटो समयको अन्तरालमा गरेको आन्दोलन अहिलेको समाजका लागि अनौठो जस्तै छ । सञ्चार, यातायातको सुविधा नभएको समयमा पनि सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरूमा आन्दोलन फैलाउनु, पहाड र तराईका गाउँगाउँमा सचेतना अभियान चलाउनु कम चुनौतीपूर्ण थिएन ।

वि.सं. १९८२ मा डडेल्धुराको कारीगाउँमा जन्मेका भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको सुरुवात गरेको थिए । त्यसबेला उनलाई भीमदत्त कङ्ग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाई दण्ड सजाय दिने हुनाले ठालुहरू डराउँथे । कसैलाई भीमदत्त पन्तले कारबाही गरेको थाहा पाइएमा फलानोको घरमा कङ्ग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । कसैसित धेरै रिसाएर गाली ग¥यो भने तेरो घरमा कङ्ग्रेस पसोस् भन्ने गर्थे ।

बाल्यकालदेखि नै छट्टु स्वभावका भीम त्त पन्त गीत गाउने, कविता लेख्ने, डेउडा खेल्ने कुरामा रुचि राख्थे । उत्तर प्रदेश भारतको सिंहाइबाट संस्कृत विषयमा मध्यमा (हाइस्कुल) सम्मको अध्ययन गरेका पन्तमा गीताको राम्रो ज्ञान थियो । गीताको अध्ययनले नै उनमा राजनीतिक स्वभाव बढायो । राजनीतिमा प्रवेश गरेपछि उनले माक्र्सवादको अध्ययन गरे ।

त्यसबेला मनमोहन अधिकारीसँग पनि उनको सम्पर्क हुन्थ्यो । सुरुवातमा कङ्ग्रेस भनी चिनिएका भीमदत्त पन्त माक्र्सवादका अनुयायी थिए । गरिब, दलित, जनजाति, किसानहरूको पक्षमा आवाज उठाउँथे । भीमदत्तको क्रान्तिका कारण गाउँमा विरोधी बढ्दै गएपछि घर÷परिवारबाट त्यस्तो नगर्न दबाब आउँथ्यो तर उनी भन्थे– म अहिले जे गर्दैछु, भोलि यस्तै हुन्छ । त्यसैले आजैदेखि अन्याय÷अत्याचारविरुद्ध लड्नुपर्छ ।

समस्याबाट विचलित नहुने नेता थिए, भमिदत्त पन्त । क्रान्तिको सिलसिलामा गाउँबाहिरै हुन्थे । घरको सबै जिम्मेवारी श्रीमती पार्वती पन्तको हुन्थ्यो । दुई छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो छोरा र साँढे दुई वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो । त्यसपश्चात पनि उनले घरको कुनै प्रवाह नगरी क्रान्तिमै लाग्ने निश्चिय गरी आन्दोलन घोषणा गरे । अन्यायविरुद्ध सङ्गठितरूपमा लड्ने उद्घोषका साथ २००९ साल वैशाख २ गते डडेल्धुराकै घटालथान भन्ने ठाउँमा भेला बोलाए । गाउँका ठूलाठालुलाई अनिवार्य उपस्थित गराई जय दास (दलित) को हातको पानी खान लगाए । त्यसपछि गरिबहरूलाई सङ्गठित गर्दै गाउँ भ्रमण गर्न थाले ।

सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरू भ्रमण गर्दा गरिबहरूले नूनसमेत खान नपाएको देखेर नून आन्दोलन घोषणा गरे । कञ्चनपुरको ब्रह्मदेवमा भएको गोदामबाट गरिबहरूलाई नून, कपडा, वितरण गरे । यस घटनाका दिन गरिबहरूको ठूलो जनमासले भीमदत्त पन्तको स्वागत गरी भीमदत्त पन्त जिन्दावाद भनी नाराबाजी गरे । त्यसक्रममा उनी गड्डाचौकी भन्सारमा समातिए । हातखुट्टा बाँधेर नेपालगन्ज पु¥याइयो । नेपालगन्जमा उनलाई मार्ने तयारी थियो तर भागेर ज्यान बचाइ कञ्चनपुर आए । कञ्चनपुर आएपछि गरिबहरूलाई शोषण गर्ने धर्मसिंह डिठ्ठा, जोगराज सुवेदार र जयदेव सुब्बालाई कारबाही गरे ।

त्यहाँबाट डडेल्धुरा फर्केर आफ्नो घरमा भएका तमसुकहरू च्याते । बिष्टहरूको घरमा भएका तमसुक सङ्कलन गरी बोरामा हालेर जलाइदिए । मालअड्डामा भएका मुठहरू जलाइदिए । बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई ४ महिना शासन गरे ।

राणा शासनविरुद्ध भएको आन्दोलनपश्चात कङ्ग्रेसले गरेको सहमति भीमदत्त पन्तलाई मन परेको थिए । उनले क्रान्ति सकिएको छैन भन्दै किसानले न्याय पाउने अवस्था नआएसम्म सरकारसँग सहमति गर्नु नहुने अडान राखेका थिए । त्यसमा कङ्ग्रेस सहमत नभएपछि किसान आन्दोलनको योजना बनाई सङ्घर्षमा जुटेका भीमदत्तले प्रजातन्त्रको विकल्पको किसान राजको अवधारणा ल्याए । जय किसान भनी अभिवादन गर्न थाले । दलित, मगर र थारूहरूलाई सङ्गठित गरी सेना तयार गरे । नेपालगन्जका गौरीलाल र रूपसिंह सेनाका कमान्डर थिए । दक्षिण भारत पञ्जावका कृष्ण स्वामी एंगर योजनाकार थिए ।

भीमदत्त पन्त राष्ट्रवादी नेता थिए । देशलाई स्वतन्त्र बनाउने । गरिबहरूलाई ठालुहरूको कब्जाबाट मुक्त गराउने उनको अभियान थियो । बेलौरीमा बैङ्क कब्जा गरी लिएको पैसा सेनालाई तलव दिएर बाँकी रहेकोमध्ये कमैया र हलियाहरूलाई मुक्त हुन सहयोग गरेका थिए । सामाजिक समानता, किसान अधिकार, स्वतन्त्र नेपालको पक्षमा लड्न सन्देश दिन्थे । ‘कि जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नारा अहिले पनि उत्तिकै सान्दर्भिक छ । ‘उठ जाग रे, नेपाली नवजवान जाग रे’, ‘नेपालमा तिमी म, नेपाल देशलाई स्वतन्त्र बनाउँ रे’ भन्ने उनको देशभक्ति गीत (प्रार्थना) थियो । ‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो’ भन्ने उनको अर्को चर्चित गीत थियो । यिनै सन्देशसाथ गाउँमा जागरण अभियान चलाउँथे उनी ।

भीमदत्त कृषि र वातावरण विषयमा पनि छलफल चलाउँथे । जङ्गल मासिए पहिरो जान्छ, पानीका मूल सुक्छन्, खेतीपाती नगरे भोकमरी हुन्छ, अन्न खेर फाल्नुहुँदैन, बचत गर्नुपर्छ, उत्पादन बढाउनुपर्छ । खेती गर्नेलाई जग्गाको मालिक बनाउनुपर्छ, समाजमा एकले अर्कोलाई सघाउनुपर्छ भन्ने पनि उनको अभियानको विषय हुन्थ्यो । जुन कुरा अहिलेका लागि पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छ ।

नागरिक ब्लगबाट

Comments

comments