सरकार बिरुद्ध काँग्रेसकाे प्रदर्शन

130968329_192850169235940_4748388417603540944_n

रसुवा, नेपाली कांग्रेसद्धारा रसुवामा सरकार बिरुद्ध प्रदर्शन भएकाे छ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।130968329_192850169235940_4748388417603540944_n

सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको जनाएकाे छ ।  नेपाली कांग्रेस रसुवाले सदरमुकाम धुन्चेमा जुलुस सहित सरकार बिरुद्ध प्रदर्शन गरेको छ । पुरानो स्वागत गेटदेखि शिबमन्दिरसम्म ¥याली गरी पुन: शंखपार्कमा आई कोणसभा गरिएको थियो । कोणसभामा नेपाली कांग्रेसका पुर्व सभापति लामाकार्पू तामाङ, संघीय सांसद मोहन आचार्य, प्रदेश सांसद प्रेम तामाङ, नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ , नेता तथा उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्रराज लम्साल, लगायतले बिरोध सभालाई संम्बोधन गरेका थिए । सम्बोधनको क्रममा सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै यस बिरुद्ध लड्न तयारी रहने बेला आएको बताएका थिए ।

Comments

comments