सशस्त्र प्रहरीद्धारा सूचना बोर्ड स्थापना

14159154_1361508090544563_565850611_n

रसुवा, भदौ २० । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाद्धारा सेवा सुरक्षा र उद्धारका लागि सशस्त्र प्रहरी बल नामको सूचना बोर्ड 14159154_1361508090544563_565850611_nजिल्लाको विभिन्न स्थापनामा स्थापना गरिएको छ । ६ फिट उचाई, ४ फिट चौडाइ भएको जानकारीमुलक सूचना बोर्ड स्थापना गरिएको शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्ष दर्शन गिरीले बताउनुभयो ।

रसुवा जिल्लाको राम्चे मूलखर्क, धुन्चे, सानुभार्खु र लिङ्लिङमा सूचना बोर्ड स्थापना गरिएको छ । सूचना बोर्डको स्थापना यही भदौ २० गतेबाट सुरु गरिएको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो ।

धुन्चेमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले खाडल खनी सूचना बोर्डको उद्घाटना गर्नुभएको छ । उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक दल, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु र स्थानीयबासीहरु सहभागी थिए ।

सोही कार्यक्रमको अवसरमा सडकको सुरक्षा, वर्षतको समयमा सडक खुलाउन , मर्मत सम्भारमा योगदान पु¥याएका केही व्यक्तिहरुलाई असल कामको प्रशंसा गर्दै सम्मानित गरिएको छ । उनीहरुलाई नगद तथा पुरस्कार वितरण प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले गर्नुभयो । पुरस्कृत हुनेहरुमा रसुवा धैबुङ गाविस– ७ सुपर भाइजर कुमार मोक्तान, स्याफ्रु ५ का कृपा छिरिङ तामाङ, धादिङ खाल्टे १ का नारायण गिरी, नुवाकोट जिलिङ ३ का दिनेश दाहाल रहेका छन् ।

Comments

comments