साँझ विहान एक्लै हिडडुल नगर्न लाङटाङ राष्ट्रिय निकुञ्जले आग्रह

रसुवा जिल्लाको उत्तरी भेगमा भालुको आतंक बढेपछि साँझ विहान एक्लै हिडडुल नगर्न लाङटाङ राष्ट्रिय निकुञ्जले आग्रह गरेको छ ।

भालु साँझपख र राती सक्रिय हुने भएकाले मानव बस्तीमा आतंक मच्चाउने गर्छन । निकुञ्जका अनुसार वनजङगल मासिदै जानु र वासस्थान अतिक्रमणका कारणले गर्दा जनावरहरू मानव वस्ती सहजै आउने गर्छन मानव र वन्यजन्तुवीच द्धन्द बढने गर्दछ ।

यस्तै यहि कात्तिक १७ गते गोसाँइकुण्ड गाउँपालिका-५ तिवारीबाट स्याफ्रुबेशी आउदै गर्दा करिब ५ बजे भालु आतंकबाट आङदावा तामाङ गम्भिर घाइते भए उनलाई टाउको र अनुहारमा चोट लागेको छ । निरन्तर एकपछि अर्को असोज १० गते सोही गापा-६ भिमलीमा हरि प्रसाद घिमिरे भालुको आक्रमण मा परे उनी जङगलको बाटो हिंडेर सदरमुकाम आउदै थिए ।

भालुकै आक्रमणबाट आमाछोदिङमो गापा-१ हाकुकी मिना तामाङ नौकुण्ड गापा-१ यार्साका मेम्बर लोप्चन र बेलकोटगढी नगरपालिका ११ नुवाकोटका प्रकाश तामाङ घाइते भएका छन् । भालुले हालसम्म १० वटा घर क्षति पुर्‍याइसकेका छन् भने पछिल्लो समय भालु गाँउघरमै पस्ने थालेको छ । गोसाइकुण्ड गापा-३ वृद्धिम र खाम्जीङमा दिनदिनै घरमै आई दु:ख दिने गरेको स्थानीयहरुको गुनासो छ । जाडो महिना भरि भालु गुफामा बस्ने गर्छन् ।

क्षतिको राहत सहयोग निर्देशिकाको दोस्रो संशोधन २०७४ अनुसार सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिको परिवार लाई बढिमा १० लाख रुपैयाँ सम्म दिने व्यवस्था गरेको र सामान्य घाइतेलाई २० हजार र सख्त घाइतेलाइ प्रकृति हेरी पेस गरेको कागज र चिकित्सकको सिफारिसको आधारमा बढीमा दुइ लाख रुपैयाँसम्म उपचार खर्च दिने व्यवस्था रहेको छ ।

Comments

comments